कञ्चनरुप ३ का विद्यालयमा शिक्षकको अभावले पठन-पाठनमा समस्या

...

कञ्चनपुर भदाैं, २७ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित श्री शंकर माध्यमिक विद्यालयमा ४०६ विद्यार्थीमध्ये मात्र २३१ विद्यार्थी उपस्थित रहेको पाइयो। बिहीबार अवलोकित दैनिकको टिमले विद्यालयको अवलोकन गर्दा २३१ विद्यार्थी मात्रै उपस्थित भएको देखिएको थियो। विद्यालयका प्रधानाध्यापक गजेन्द्र प्रसाद चौधरीका अनुसार, बालविकासमा ३५ मध्ये ११ जना, कक्षा १ मा १५ मध्ये ७ जना, कक्षा २ मा २३ मध्ये ११ जना, कक्षा ३ मा १२ मध्ये ९ जना, कक्षा ४ मा २९ मध्ये २१ जना, कक्षा ५ मा ३३ मध्ये २४ जना, कक्षा ६ मा ४५ मध्ये २६ जना, कक्षा ७ मा ३३ मध्ये २१ जना, कक्षा ८ मा ४२ मध्ये २६ जना, कक्षा ९ मा ९१ मध्ये ४३ जना, र कक्षा १० मा ४८ मध्ये ३२ जना विद्यार्थी उपस्थित थिए।

प्रधानाध्यापक चौधरीका अनुसार, विद्यालयमा विद्यार्थीको संख्या कम रहेको छ, तर छात्रवृत्ति वितरणको समयमा भिड लाग्ने गर्छ। विद्यालयमा २ जना बालविकास शिक्षक, १ जना कार्यालय सहयोगी, २ जना माध्यमिक विद्यालय शिक्षक, ४ जना निम्न माध्यामिक विद्यालय शिक्षक, ५ जना प्राथमिक विद्यालय शिक्षक, १ जना लेखापाल लगायत १५ जना कर्मचारी कार्यरत छन्।

चौधरीका अनुसार, ४ जना शिक्षकको अभाव, गर्मीको असर, कक्षा कोठामा पंखा नहुनु, खाने पानीको कमी, आधुनिक शौचालयको अभाव, शिक्षक सामग्रीको कमी, चमेना गृह र सभा कक्ष भवनको समस्याले पठन-पाठनमा कठिनाइ आएको छ। विद्यालयमा ६० प्रतिशत दलित समुदायका विद्यार्थीहरू अध्ययनरत छन्।

प्रतिक्रिया