काठमाडौं, भदौं २७ गते ।
महिला उद्यमी महासंघ नेपालको २१औं वार्षिक साधारण सभाञएवम् नीतिगत आवश्यकताको विशेष संवाद कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
महिला उद्यमी महासंघ नेपालमा अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षता एवम् महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय नवल किशोर शाह सुडीको प्रमुख आतिथ्यतामा आयोजित सो समाहारोमा उद्योग सचिव कृष्ण बहादुर राउत, औद्योगिक व्यवसाय विकास संस्थानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता लगाएत अतिथिहरुका साथै साधारण सभामा कार्यसमितिका पदाधिकारीहरु,महासंघका निर्वतमान अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरुका हकहित तथा संरक्षणका लागि महिला उद्यमीहरुको विभिन्न सवालमा सरोकारवाला निकायहरुसंग पैरवी गरिरहेको बताउनु भयो । यसका साथै महिलाहरुको क्षमता अभिवृद्धीको लागि सिपमुलक तालिमहरु प्रदान गरिदै आएको र महिला उद्यमीहरुका उत्पादनहरुको दिगो वजारीकरणका लागि अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना पनि गर्दै आएको वताउनुभयो ।
महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औँ वार्षिक साधारण सभामा महासचिव कुन्न्म पोख्रेलले वार्षिक प्रतिबेदन,कोषाध्यक्ष सविता सुबेदीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।साथै आयोजित सभामा नयाँ जिल्ला तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै मुक्तिनाथ बिकास बैंकको सङ्गको सहकार्यमा कर्जा व्यवस्थापन साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।
पेरिस पाराओलम्पिक २०२४ मा नेपालका लागि कास्य पदक बिजेता पलेशा गोबर्धनलाई महासंघ कि अध्यक्ष ज्ञवालीले नगद पचास हजार पाँच सय एकाउन रुपैया नगर सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै महिला बाल बालिका तथा ज्येष्ट नागरिक मन्त्री माननीय नवलकिशोर शाह सुडीले महिलाको अधिकार ३३ प्रतिशत बाट ५१ प्रतिशत पुर्याए मात्र महिलाले सम्मान अधिकार प्राप्त गर्ने बताएका थिए।
मन्त्री सुडीले केन्द्रिय सरकारको बजेट १० करोड अपुग हुने हुँदा कम्तीमा १६ अर्ब बजेट बिनियोजन गर्दा मात्र काम गर्न सहज हुने बताए । उनले आफू अहिले मात्र नभई पहिला देखी नै महिला अधिकार र महिलाको समान्ताको लड्दै आएको र आफू रहेको जिम्मेवारीमा पुर्ण इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया