कञ्चनपुर, भदाै २८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११, गोरपारमा मोहरम चलिसमा दाहाको शुभ अवसरमा भव्य मेला आयोजना गर्न तयारी भइरहेको छ। बुधबार भएको मेला समितिको बैठकमा समाजसेवी, बुद्धिजीवी, राजनीतिक प्रतिनिधि र संचारकर्मीहरूको उपस्थिति रहेको थियो। अपन गोरपार मेला समिति गोरपार, सिमराको आयोजनामा मेला भदौ २९ गते शनिबारदेखि असोज ७ गते सोमबारसम्म सञ्चालन गरिनेछ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, कुस्ती, योग शिवीर, नाचप्रोग्राम, मौतका कुवा र झुला सहितका गतिविधिहरू हुनेछन्। सांस्कृतिक कार्यक्रम असोज १ गतेदेखि ३ गतेसम्म हुनेछ, कुस्ती ३० गतेदेखि ३१ गतेसम्म दिउँसो ३ बजे देखि हुने छ, र योग शिवीर ३० गते बिहान ४:३० बजे देखि ७ बजे सम्म सञ्चालन गरिने छ। मेला समितिका अध्यक्ष मोहमद जिब्रीलले यी सबै कार्यक्रमहरूको जानकारी दिएका छन् ।
प्रतिक्रिया