कञ्चनपुर, भदाैं २८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वार्ड नं २ स्थित महादेवपट्टि बाट तीन दिने जमातको लागि १९ जना सदस्य सोही नगरपालिका वार्ड नं ११ स्थित गोरपारमा प्रस्थान गरेका छन् ।
तब्लिगी जमातको प्रमुख उद्देश्य इस्लाम धर्मालम्बीहरू बीच इस्लामको सही शिक्षा फैलाउन र आस्थालाई पुनर्जीवित गर्नु हो। जन्मजात मुसलमान वा इस्लाम कबुल गर्ने व्यक्तिहरूलाई इस्लामका तौरतरिका पालन गर्न प्रेरित गर्दै, सबै मुसलमानलाई इस्लामिक विधिअनुसार जीवन यापन गर्न प्रोत्साहित गर्छन् । उनीहरू मोहम्मद पैगम्बरको बाटो अनुसरण गर्न र गलत बाटो नअपनाउन सन्देश दिन्छन् । गलत बाटोमा गइरहेका व्यक्तिहरूलाई प्रेमपूर्वक धार्मिक लहजामा ल्याउन प्रयास गर्छन् ।
तब्लिगी जमात सदस्यहरूले घर छाडेर लामो यात्रामा निस्कन्छन् । उनीहरूले ३, ५ जनादेखि बढीको समूह बनाएर यात्रा गर्छन्, जसको अवधिको समय ३ दिनदेखि १ वर्षसम्मको हुन सक्छ। यात्रा अवधिमा "चिल्ला" पूरा गर्नु भनिन्छ। यस यात्रामा सबै खर्च स्वयंले बेहोर्छन् र आवश्यक सामान जस्तै खाना पकाउने भाँडाकुडासम्म आफैं बोक्छन् । उनीहरू सामान्यतः मस्जिदभित्रै बस्छन्, जसले गर्दा गाउँ वा मस्जिद वरिपरिका व्यक्तिहरूलाई कुनै असुविधा नहोस् ।
मस्जिदमै बस्ने कारणमा पानी, शौचालय, र कतिपय स्थानमा भान्सासम्म उपलब्ध हुने कारणले यात्रा सहज हुन्छ। उनीहरूले यात्रा सुरु गरेपछि समाजका गतिविधि (राजनीति, मनोरन्जन, झगडा आदि) लाई ध्यान नदिई विशुद्ध इस्लामिक चर्यामा समय व्यतीत गर्ने प्रण गर्छन् । तोकिएको दिन पूरा नगर्दासम्म बाहिरी दुनियाँसँग कुनै सम्बन्ध नराख्ने, खानेकुरा किन्न, औषधोपचार, र इस्लामिक उपदेशका लागि मात्र मस्जिदबाट बाहिर निस्कन्छन् ।
प्रतिक्रिया
Dharmendra Kumar
२0८१ भाद्र २९ गते ८:४४
यों हणूनून
जवाफ दिनुहोस्