कञ्चनरुप नगरपालिकाका विद्यालयहरुको बिजोग भगवती राष्ट्रिय प्राथमिक विद्यालयमा भवन र शिक्षकको अभाव

  • मंसिर ४, २0७६
  • 0
...

किशोर पासवान

कञ्चनपुर,मंसिर ४ गते । कञ्चनरुप नगरपालिका–८ स्थित एक विद्यालयले कक्षा कोठा अभावमा कार्यालयमै विद्यार्थीहरुलाई राखेर पढाउने गरेको छ । शिक्षकको अभावले गर्दा कार्यलय सहयोगीले नै पठन पाठन गराउन बाध्यता छ ।

           विद्यालयमा खानेपानीको समेत समस्या छ । कोठा अभावले कार्यालय कक्षमा कक्षा संचालन गर्ने विद्यालय हुन,साविक गाविस कंचनपुर वडा नम्वर ९ मा रहेका भगवती राष्ट्रिय प्राथमिक विद्यालय । विद्यालयमा वाल विकास कक्षामा ३९ जना,कक्षा १ मा १६ जना,कक्षा २ मा १४ जना,कक्षा ३ मा १५ जना कक्षा ४ मा १५ जना र कक्षा ५ मा १८ विद्यालयमा कुल १ सय १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा शिक्षक दरवन्दी २ जना ,बाल विकास तर्फ १ जना कार्यालय सहयोगी १ जना स्वंयमसेवी शिक्षिका १ जना गरी ५ जना कार्यरत रहेको विद्यालयकी साहयक प्रअ रेणु भट्टराईले बताईन् । ‘विद्यालयमा कक्षा कोठा र शिक्षक अभावले शिक्षण शिकाई प्रभावित भएको छ ।’ सहायक प्रअ भट्टराईले भनिन्,‘ दुई ओटा कक्षा कोठाको विद्यार्थीलाई एकै ठाँउमा राखेर पढाउदा विद्यार्थीको शिक्षण सिकाइमा समस्या छ ।’ विद्यालमा अझ एक जनाको दरवन्दी शिक्षक अथवा शिक्षिकाको अतिनै आवस्यक रहेको उनले बताईन् ।

प्रतिक्रिया