कञ्चनपुर, भदौं २९ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११, गोरपारमा आयोजित दाहा मेलाको उद्घाटन शनिबार सम्पन्न भएको छ । उद्घाटन समारोहमा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा र अपनगोरपार मेला समितिका अध्यक्ष मोहम्मद जिब्रिलको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
उद्घाटनको अवसरमा नगर प्रमुख गुप्ताले ४० वर्षअघि शिवमन्दिर पछाडि यो मेला लाग्ने गरेको र त्यस समय भारतबाट पनि मानिसहरू आउने गरेको जानकारी दिए । उनले मेलालाई संरक्षण र सम्पन्नता प्रदान गर्न महत्त्वपूर्ण रहेको बताएका छन् । जिल्ला खेलकुद संघ सप्तरीको प्रमुख दिनेश भुजेलले कुस्तीमा दुई किसिमको खेल हुने गरेको छ एउटा टेक्निकल र दङ्गल जस मध्ये भोलि देखि टेक्निकल खेल हुने बताएका छ्न । सिरहा,सप्तरी र सर्लाही जिल्लाका महिला कुस्ती खेलाडीहरुको समेत सहभागिता रहने भुजेलले बताए । एक समय कुस्ती खेलका लागि सप्तरी जिल्ला देश विदेशमा नाम कमाएपनि पछिल्लो समय खेलाडीहरु हराइसकेको भुजेलको भनाई थियो ।
स्वागत मन्तव्यमा बनरैत माध्यमिक विद्यालयका प्र ।अ कृष्ण कुमार यादव र कञ्चनरुप नगरपालिका वडा नं । ९ का वडा अध्यक्ष रामसुन्दर यादवले मेला समुदायलाई एकत्रित गर्ने अवसर प्रदान गर्ने बताए । जनमत पार्टीका नगर प्रमुखका प्रत्याशी इन्द्र देव कडोगियाले परम्परागत कुस्ती खेलको आयोजना गरेर खुशी व्यक्त गरे ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुखका प्रत्याशी उम्मेदवार र अवलाेकित दैनिक प्रकाशक सम्पादक भोला पासवानले मेला सफल बनाउन स्थानीय समाज र राजनीतिक कर्मीहरू मिलेर सहयोग गर्न आग्रह गरे ।
उप नगर प्रमुख मुना कुमारी पोखरेलले स्थानीय सरकारले मेलामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै चन्दा न माग्न आग्रह गरिन् । उद्घाटन कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र, वडा नं । ११ का वडा अध्यक्ष ललित गोजेवार, वडा नं । ६ का वडा अध्यक्ष बचुलाल चौधरी लगायतका उपस्थित थिए ।
मेला भदौ २९ गते शनिबारदेखि असोज ७ गते सोमबारसम्म सञ्चालन हुनेछ । यस क्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, कुस्ती, योग शिवीर, नाचप्रोग्राम, मौतका कुवा र झुला लगायतका गतिविधिहरू हुनेछन् । सांस्कृतिक कार्यक्रम असोज १ देखि ३ गतेसम्म, कुस्ती ३० र ३१ गते दिउँसो ३ बजेबाट, र योग शिवीर ३० गते बिहान ४स्३० देखि ७ बजे सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया