कञ्चनपुर, भदाै ३० गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ सिमरामा आयोजित गोरपार मेलामा जनता समाजवादी पार्टीका युवा नेता सुमित साहको प्रमुख अतिथिमा कुस्ती प्रतियोगिता संचालन भएको छ।
दाहा मेलाको अवसरमा भएको यस प्रतियोगितामा ५ वटा ग्रुपमा १४ जनाले प्रतिस्पर्धा गरे। प्रतियोगिता समाप्ति पश्चात, १४ सहभागीमध्ये ५ जना विजेता घोषित भएका छन् । विजेताहरूमा मैसोथा सिरहाका बिकि मरिक र रिझम यादव, बलान बिहुल सप्तरीका सिंहेश्वार यादव, लहान नगरपालिका सिरहाका संजय पासवान र कल्याणपुर नगरपालिकाका रुपेश साह रहेका छन्। एक महिला र एक पुरुषको खेल ड्र भएको जानकारी प्राप्त भएको छ।
रेफरीको भूमिका रामशङ्कर यादव र धनिराम यादवले निभाएका थिए। प्रतियोगिताको उद्घाटनमा जिल्ला खेलकुद विकास समिति प्रमुख दिनेश भुजेल, कञ्चनरुप नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ललित गोजेवार, धर्मेश्वर हस्पिटलका निर्देशक दिलिप कर्ण लगायतले सहभागिता जनाएका थिए।
सांस्कृतिक कार्यक्रम असोज १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ, कुस्ती प्रतियोगिता असोज ३१ गते दिउँसो ३ बजेबाट सुरु हुनेछ। योग शिवीर असोज ३० गते बिहान ४:३० बजे देखि ७ बजे सम्म चल्नेछ। मेला समितिका अध्यक्ष मोहमद जिब्रीलले यी सबै कार्यक्रमहरूको जानकारी दिएका छन्।
प्रतिक्रिया