कञ्चनपुर,असोज ११ गते ।
कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित धर्मेश्वर हस्पिटल प्रा.लि.ले २०८०÷०८१ को जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत विशेष सम्मान प्राप्त गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको यस कार्यक्रममा धर्मेश्वर हस्पिटललाई स्वास्थ्य सेवा सुधार, बिरामीहरूको सन्तुष्टि, र समग्र जनस्वास्थ्यमा पु–याएको योगदानको आधारमा सम्मान गरिएको हो।
धर्मेश्वर हस्पिटलका निर्देशक दिलिप कर्णले यो सम्मान प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको मिहिनेत र सेवाभावलाई प्रमुख कारण मानेका छन्। उनले हस्पिटलमा काम गर्ने सबै कर्मचारीहरूको योगदानलाई उच्च सम्मान गर्दै भने, “यो सम्मान हाम्रो टिमको निरन्तर मेहनत र समर्पणको परिणाम हो। यस अवसरमा, हामीलाई साथ र सहयोग गर्ने सबै सरकारी निकाय, संघ–संस्था, स्थानीय समाजका व्यक्ति, र सम्पूर्ण नगरवासीप्रति हाम्रो हार्दिक धन्यवाद व्यक्त गर्दछौं।“
साथै, यस सम्मानलाई आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणाको स्रोतको रूपमा लिने कर्णले उल्लेख गर े। उनले कञ्चनरुप नगरपालिका र स्वास्थ्य क्षेत्रका अन्य संस्थाहरूसँग सहकार्य गर्दै जनस्वास्थ्य सुधारमा अझै बढी योगदान दिने प्रतिबद्धता जनाए।
उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिकाले दोस्रो स्थान प्राप्त गरेकाले सम्पूर्ण जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारीहरू, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू, नगर अस्पतालका स्वास्थ्यकर्मीहरू, धर्मेश्वर हस्पिटल तथा अन्य निजी अस्पताल र क्लिनिकहरूलाई पनि धन्यवाद ज्ञापन गरियो। नगरपालिकाका जनप्रतिनिधिहरुले यसलाई स्वास्थ्य सेवामा सबैको समर्पण र सहकार्यको परिणाम मान्दै आगामी दिनमा अझ राम्रो सेवा दिन प्रतिबद्धता व्यक्त गरेका छन्। धर्मेश्वर हस्पिटलले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर प्रयास गर्ने प्रतिज्ञा गरेको छ।
प्रतिक्रिया