कञ्चनपुर, असाेज १२ गते ।
सप्तकोशी नदीमा पानीको बहाव पाँच लाख क्युसेकभन्दा माथि पुगेपछि पुलबाट सवारीसाधनको आवागमन रोकिएको छ। लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको मात्रा तीव्र रूपमा बढ्दै गएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी आवतजावतमा अर्को सूचना नआएसम्मका लागि रोक लगाएको हो।
सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीका अनुसार, पानीको बहाव अत्याधिक भएकाले सुरक्षा सुनिश्चित गर्न पुलमा सवारीसाधन रोकिएको हो। आज दिउँसो २ बजे गरिएको मापनअनुसार, सप्तकोशीमा पानीको बहाव पाँच लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ, र कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी गरेको छ।
प्रतिक्रिया