अवलोकित समाचारदाता
कञ्चनपुर, मंसिर ९ गते । ईलाका प्रहरी कार्यालय कञ्चनपुर टोलीले भन्सार छलेर ल्याउदै गरेको १लाख २० हजार वरावरको कपडा शनिवार बरामत गरेको छ ।
कञ्चनरुप नगरपालिका १० भोडहा स्थित कोशीबाधँमा भारतबाट भन्सार छली ल्याउदै गरेको महिलाहरुले लगाउने विभिन्न किसीमका सुईटर, ट्राउजर लगायतका तयारी कपडाहरु बरामद गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।
डिएसपी मिश्रको अनुसार प्रहरी टोलीलाई देख्नसाथ उक्त कपडाको बोरा फालेर तस्करहरु फरार भएका थिए ।
प्रतिक्रिया