कञ्चनपुर, असोज १३ गते ।
कञ्चनरुप, २८ सेप्टेम्बर २०२३ – सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ स्थित राम बस्ती अविरल वर्षाका कारण डुबानमा परेको छ । यस डुबानले करिब ३० घरका शौचालयहरू पानीले भरिएका छन् भने कतिपय शौचालयहरू पुरिएका कारण स्थानीय महिला र बालबालिकाहरूमा ठूलो समस्या देखिएको छ ।
स्थानीय उमेर रामका अनुसार, शनिबार नगर प्रमुख ललन प्रसाद गुप्ताले बस्तीको अनुगमन गरेका थिए र तत्काल दुई टिपर ग्राभेल पठाइदिने आश्वासन दिएका थिए । तर, आइतबार बेलुकासम्म कुनै सहयोग नगरिएको उनले गुनासो गरे ।
डुबानमा अझै ६ परिवारको घर
टोलमा अझै पनि ६ परिवारको घर डुबानमै रहेको छ । राजेन्द्र राम, उपेन्द्र राम, उमेश राम, शिवशंकर राम, गुलावचन्द्र राम, र जोगिन्दर रामका घर र आँगनमा अझै दुई फिटभन्दा बढी पानी जमेको छ । स्थानीय बासिन्दा ललितादेवी रामले यसबारे जानकारी दिँदै, महिलाहरूलाई दिशा पिसाब गर्न समस्या भएको बताएकी छन् ।
महिला र बालबालिकामा समस्या महिलाहरूका लागि शौचालयको अभाव एक गम्भीर समस्या बनेको छ । “अझै हाम्रो घरमा चुल्हो बलेको छैन,“ सरिता रामले भनिन् । उनले तत्काल शौचालय सफा गर्न र समस्या समाधान गर्नका लागि सहयोगको आवश्यकता रहेको बताइन् ।
प्रशासनको उदासीनता
स्थानीय बासिन्दाहरूले राहत र सहयोग नपाएको गुनासो गरेका छन् । नगर प्रमुखले आश्वासन दिए पनि, सहयोग नपाएको कारण स्थानीय बासिन्दाहरू थप कठिनाइमा परेका छन् । बस्तीमा अझै पनि पानी जमेको र जनजीवन सामान्य बनाउन तत्काल कदम चाल्नुपर्ने स्थानीयहरूको माग छ ।
सम्पूर्ण बस्तीलाई राहत र पुनर्स्थापनाका लागि आवश्यक स्रोत साधन जुटाइदिन स्थानीय प्रशासनसँग आग्रह गरिएको छ ।
प्रतिक्रिया