काठमाडौँ– भूमि र कृषि अधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको अध्यक्षमा उमा अर्याल लामिछाने निर्वाचित भएकी छन् । केन्द्रको २९औँ वार्षिक साधारण सभाले लामिछानेको अध्यक्षतामा चुनेको ७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष हरिप्रसाद पुडासैनी, सचिव मानबहादुर क्षत्री, कोषाध्यक्ष चेली गुरुङ र सदस्यमा सरस्वती कटवाल, दुर्गाकुमारी विश्वकर्मा र इन्द्रप्रसाद राम निर्वाचित भएका जानकारी केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले दिए ।
साधारण सभाले भूमि अधिकार आन्दोलनलाई भूमि समस्या बढी भएका जिल्लाहरूमा विस्तार गर्ने, सरकारले आयोग बनाएर भूमिहीनलाई जमिन उपलव्ध गराउने कार्य सुरु गर्न लागेकाले स्थानीय तहसँग मिलेर उक्त प्रक्रियामा आवश्यक सहयोग गर्ने, संगठनहरूको सबलीकरणमा लगानी गर्नेलगायतका कार्यक्रम अनुमोदन गरेको छ ।
यो केन्द्रले हाल १९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । भूमिसम्बन्धी नीति बनाउन स्थानीय सरकारलाई सघाउने, भूउपयोग योजनामार्फत कृषि भूमिको संरक्षण गर्ने, नीतिगत मुद्दाहरूमा नियमित बहस गर्ने, भूमिसम्बन्धी वैचारिक स्रोत सामग्री प्रकाशन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको कार्यकारी निर्देशक देउजाले बताए ।
प्रतिक्रिया