अवलोकित समाचारदाता
कञ्चनपुर, मंसिर ९ गते । धर्मेश्वर महादेव मन्दिर संरक्षण तथा पर्यटन क्षेत्र समितिले आज चतुर्दशीको अवसरमा भव्यरुपमा मेला तथा सास्कृतिक कार्यक्रम गर्दै छन ।
कञ्चरुप नगरपालिका १२ धरमपुर स्थित उक्त मन्दिरमा प्रत्येक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउदै आएका छन । यस वर्ष पनि फरक ढङ्गले चतुरदशी मनाउन लागिएको आयोजक समितिले जानकारी गराएको छ ।
मन्दिरमा सतवीज,पलवीज छर्न आउने भक्तजन तथा तीर्थालु व्रतालुजन लगायत कार्यक्रममा सहभागीहरुलाई जलपानको व्यवस्था संगै सास्कृतिक कार्यक्रममा सहभागीहरु मध्ये प्रथम दृतिय र तृतिय हुने कलाकार हरुलाई पुरस्कारको व्यवस्था समेत मिलाउने समितिका अध्यक्ष लिल बहादुर मगरले बताए ।
अध्यक्ष मगरका अनुसार उक्त मेलामा हजार भन्दा वढी भक्तजनहरु आउने बताउदै यसले धर्मेश्वर महादेव मन्दिर पर्यटन क्षेत्रका लागि सकारात्मक प्रभाव छोड्ने बताए । भविष्यमा यसको संरक्षण र सम्र्वद्धन नगरपालिकाले पर्यटन हुनेभपा ठुलो लाभ उठाउन सक्ने सम्भावना समेत मगरले औल्याए ।
प्रतिक्रिया