कञ्चनपुर,असोज २१ गते ।
श्री गोररजा नमूना सामुदायिक वन उपभोक्ता समूहको २०८१ असोज १५ गते बसेको साधारण सभामा नयाँ समिति गठनको प्रयास विवादमा परिणत भएको छ ।
अध्यक्ष सुलेमानका अनुसार नियम बिपरीत बलजफती बनाइएको समितिका विरुद्ध सव डिभिजन वन कार्यालय कञ्चनपुरमा उजुरी समेत इिदएको छ । ३० जनाले अध्यक्ष पदका लागि दावेदारी गरेपछि समिति गठन हुन नसकेको र २–४ जना अराजक व्यक्तिहरूले आफ्नो पक्षको अध्यक्ष चयन नभएको भन्दै होहल्ला मच्चाउँदै माइन्युट बुक समेत खोसी लगेको अध्यक्ष सुलेमान मियाँले जनाएको छ ।
बैठकमा ४४४ घरधुरीमध्ये २६१ घरधुरी उपभोक्ताहरूले हस्ताक्षर गरेर गोप्य तरिकाले गोलाप्रथाद्वारा अध्यक्ष चयन गरिएपछि, उक्त प्रक्रिया आम उपभोक्ताको सहमतिबिना भएको भन्दै उपभोक्ताहरूले सो अध्यक्ष तथा समितिलाई खारेज गर्दै पुनः आमभेला बोलाउने निर्णय गरेका छन् । समूहको अध्यक्ष सुलेमान मियाँको अध्यक्षतामा बसेको २०८१ असोज १६ गतेको बैठकमा, नयाँ समिति गठन नहुन्जेलसम्म पुरानो समितिले समूहको संरक्षण र कार्यभार सम्हाल्ने निर्णय गरिएको छ। समूहले वन संरक्षणका लागि पालैपालो १५–१५ जनाको टोली गठन गर्ने योजना समेत अघि सारेको छ । गोलाप्रथाबाट अफाक हकलाई अध्यक्ष चयन गरिएको थियो । यसअघि अफाक हक (कालु)ले समिति गठन बैधानिक रुपमा भएको जनाएको थियो ।
प्रतिक्रिया