राजविराजमा सामुदायिक प्रहरी साझेदारी: लागुऔषधको असर र बच्ने उपायबारे विशेष प्रशिक्षण

...

कञ्चनपुर, असोज २२ – जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा आज राजविराज नगरपालिका वडा नं. ३ स्थित श्री हेप्पी ल्याण्ड इंगलिश बोर्डिङ स्कुलमा लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला प्रशासन कार्यालयका प्रमुख श्री मेख बहादुर मंग्रातीले गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक श्री ढकेन्द्र खतिवडा कार्यक्रमको विशेष आतिथ्यमा उपस्थित थिए। कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरू, शिक्षक तथा व्यवस्थापक गरी करिब ७० जना सहभागी भए।

प्रहरी उपरीक्षक श्री खतिवडाले लागुऔषधको परिचय, प्रकार, असर, लक्षण, यसबाट बच्ने उपायहरू, र लागुऔषधसम्बन्धी कानूनी प्रावधानहरूबारे विस्तृत जानकारी दिएका थिए। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममा विद्यार्थीहरूले लागुऔषधबाट हुने क्षति र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी प्राप्त गरेका छन्।

कार्यक्रमको उद्देश्य युवा पुस्तामा लागुऔषधको दुष्प्रभाव र यसको नियन्त्रणबारे चेतना फैलाउनु रहेको थियो। सहभागी विद्यार्थीहरूलाई लागुऔषध प्रयोगले पार्ने मानसिक, शारीरिक, र सामाजिक असरका बारेमा पनि सचेत गराइएको थियो।

कार्यक्रमपछि सहभागीहरूले यो किसिमको प्रशिक्षणले उनीहरूलाई लागुऔषधबाट टाढा रहन प्रेरणा दिएको प्रतिक्रिया दिए।

प्रतिक्रिया