कञ्चनपुरबाट फत्तेपुर जाँदै गरेका १२० किलो गाजासहित स्कोर्पियो प्रहरीको नियन्त्रणमा

...

कञ्चनपुर, असोज २२ गते  ।
सप्तरीको कञ्चनपुर नगरपालिका–७ धरमपुरस्थित प्रहरी चेकपोइन्टमा २०८१ असोज २२ गते बिहान ठूलो मात्रामा लागुऔषध गाजासहित एक स्कोर्पियो गाडी पक्राउ परेको छ । बिहान करिब २ः३० बजे फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको शंकास्पद नम्बर प्लेट द्यच्इठद्यब्द्धछठड भएको सेतो स्कोर्पियो गाडीलाई प्रहरी टोलीले रोकी जाँच गर्दा गाडी भित्र १२० किलो लागुऔषध गाजा बरामद गरिएको हो ।
प्रहरीले गाडीलाई रोक्दा गाजालाई लुकाएर ५ वटा बोरामा राखिएको अवस्थामा फेला पारेको थियो । गाजासहित स्कोर्पियो गाडी र सोमा सवार दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–४ निवासी ३७ वर्षीय चन्देश्वर चौधरी, जो गाडी चालक हुन्, र सोही गाउँपालिका–२ निवासी ६० वर्षीय राम दुलार यादव रहेका छन्, जो गाडीका सहचालक हुन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान थालिसकेको जानकारी दिएको छ । लागुऔषध तस्करीको यस्तो ठूलो मात्रामा बरामद भएपछि प्रहरीको निगरानी र चेकजाँचमा थप कडाई गरिएको छ ।
लागुऔषध तस्करी नियन्त्रणका लागि सप्तरी लगायतका विभिन्न स्थानमा चेकपोइन्टहरूमा सक्रिय प्रहरी टोलीले यसअघि पनि यस्ता प्रकारका गतिविधिहरूमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ । यो घटना पनि त्यही अभियान अन्तर्गत भएको हो ।
प्रहरीले सप्तरी जिल्लामा लागुऔषध नियन्त्रणका लागि विशेष चेकिङ र गस्तीलाई निरन्तरता दिने योजना बनाएको छ ।

प्रतिक्रिया