अवलोकित समाचारदाता
कञ्चनपुर,मंसिर ९ गते । कंचनरुप नगरपालिका र तिरहुत् गाउँपालिका जोड्ने नदीमा तीन बर्षमा बन्नुपर्ने पुल ६ बर्ष बित्दा पनि नबनेको समाचार छापिए पछि ठेकेदारले ६ महिना भित्र पुल बनाउने प्रतिवद्धता गरेको छ । आईतवार ठेकेदारका प्रतिनिधि सुरेश महतो, स्थानिय जनप्रतिनिधि र अगवाहरु सँग ६ महिना भित्र काम सम्पन्न गर्ने गरी काम थाल्ने सहमतिभएको समाजवादी पार्टीका युवा नेता थापा यादवले बताए ।
बरमझियाबाट पश्चिमभएर तिरहुततर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा सडक डिभिजन लहान कार्यलाय सिरहाबाट ठेक्का पाएका निल गिरी कन्ट्रेसनले तीन वर्षमा बनाउनु पर्ने पुल ६ बर्षमा समेत बनाएको छैन । आर्थिक वर्ष २०७२÷०७२मा देखी पुलको काम सुरु भएर आर्थिक वर्ष २०७३÷०७४मा बनाईसक्नु पर्नेमा आर्थिक वर्ष २०७५÷०७६ सम्मपनि काम पुरा गरेको छैन ।
तीन वर्षमा सम्पन्न हुने कार्य ६ वर्ष बित्न लाग्दासमेत पुलको फाउन्डेसनको कामपनि हुनसकेको छैन । यहाँको सर्वसाधारण जनताहरुले बर्षातको समयमा नदी पार गर्न कष्टकर हुने गरेको यूवा नेता थापा यादबले बताए । समयमा पुल नबनाएपछि स्थानीयहरु ठेकदारलाई कारवाही गर्न भन्दै आन्दोलनको तयारी गरेका थिए ।
प्रतिक्रिया