कञ्चनपुर, असोज २४, २०८१
चार दिनअघि ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कञ्चनरुप नगरपालिका–१ की बब्ली साहको उपचारको क्रममा बिहीबार बिहान ६:१५ बजे मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार, १७ वर्षीय बब्ली साहलाई गत असोज २१ गते पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–१० बदगामा क्षेत्रमा ट्रकले ठक्कर दिएको थियो।
बब्ली साह अन्नपूर्ण बहुमुखी क्याम्पसमा अध्ययन गर्न जाँदै गर्दा बा.प्र.०३–००१ ख. ०७९६ नम्बरको ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी बब्लीलाई तत्काल धर्मेश्वर अस्पताल पुर्याइयो, तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो।
बब्ली साह कृष्णप्रसाद साहकी एक मात्र छोरी थिइन् र बालबोध सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन्।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिइसकेको छ भने शव पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालले जानकारी दिए।
प्रतिक्रिया