कञ्चनपुर वेरियरमा स्ट्रिट लाइटको समस्याः स्थानीयवासी चिन्तित

...

कञ्चनपुर, असोज ३० गते ।
सप्तरीको कञ्चनपुर नगरपालिका ८ स्थित कञ्चनपुर वेरियरमा एन्जिला होटेलको अगाडि रहेका स्ट्रिट लाइटहरू बिजुली तारमा टासिएको कारण स्थानीयवासीहरूलाई गम्भीर समस्या परेको छ। यस समस्याका कारण बिजुली पौलमा करेन्ट आउने समस्या उत्पन्न भएको छ, जसले गर्दा स्थानीय नागरिकहरूमा चिन्ता उत्पन्न भएको छ। रबिया पासवानका अनुसार, यस क्षेत्रका दुई व्यक्तिलाई करेन्टको झटका लागेको छ।
स्थानिय दिल बहादुर ठकुरीले वडा अध्यक्ष कृष्ण प्रसाद साहलाई समस्या बारे जानकारी गराएका थिए, तर उनले यसलाई प्राथमिकता नदिएको गुनासो गरेका छन्। त्यस्तै, मेयर ललन प्रसाद गुप्तासँग पनि समस्या सम्वन्धमा कुरा गर्दा, उनले मर्मत गर्न पठाउने आश्वासन दिएको तर हालसम्म कुनै सुधार नभएको बताएका छन्।
यो समस्या विशेष गरी दशै, तिहार र छठको समयमा गम्भीर बनेको छ। कञ्चनपुर वेरियर, बजार, सिमरा र बलुवा चौक जस्ता प्रमुख स्थानहरूमा बिग्रिएका स्ट्रिट लाइटहरूले रातको समयमा यात्रा गर्न कठिनाइ पुर्याइरहेका छन्, जसले स्थानीय सुरक्षा जोखिम पनि बढाएको छ।
स्थानीय व्यवसायीहरूले भनेका छन् कि रातको समयमा ग्राहकहरू डराएर आउन नखोज्ने भएका कारण व्यापारमा नकारात्मक असर परेको छ। स्थानीय बासिन्दाहरूले प्रशासनलाई चाँडै कदम चाल्न र सुरक्षा र जनजीवनको सुरक्षाका लागि पहल गर्न आग्रह गरेका छन्।
यदि समस्या यथाशीघ्र समाधान नगरिएमा, यसले स्थानीय विकासमा नकारात्मक प्रभाव पार्न सक्छ। कञ्चनपुर वेरियरका स्थानीय समुदायले यस समस्यालाई समाधान गर्न चाँडो पहल आवश्यक रहेको बताएको छ।
 

प्रतिक्रिया