कञ्चनपुर, कार्तिक १ गते: कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित बजारमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका ६५ वर्षीय रामदेव साफीको अवस्था गम्भीर बनेको छ।
दक्षिणतर्फबाट उत्तरतर्फ जाँदै गरेको लु.०१—००२६ प—३३७१ नम्बरको मोटरसाइकलले दिउँसो करिब १ः३० बजे रामदेवलाई ठक्कर दिएको थियो। ठक्करका कारण रामदेवको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते रामदेवलाई तुरुन्तै उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लगिएको छ, जहाँ उनको टाउकोमा शल्यक्रिया (अप्रेशन) गरिएको छ।
प्रहरीका अनुसार, मोटरसाइकल चालक सबिन्द्र प्रसाद साहलाई नियन्त्रणमा लिइएको छ। घाइतेका छोरा प्रकाश साफीले आफ्नो बाबुको अवस्था अझै चिन्ताजनक रहेको बताएका छन्। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया