कञ्चनरुपमा बाढी प्रभावित किसानहरूको समस्या अनुगमन,मन्त्राीद्वारा तत्काल समाधानको प्रतिबद्धता

...

कञ्चनपुर, कार्त्तिक १ गते  ।
नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले बिहीबार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ बेङ्गरि र वडा नम्बर ९ सुन्दरी खोलामा बाढीले पुर्याएको क्षति र किसानहरूको समस्याको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री साहले बाढीले भत्किएको बाँध छिट्टै मर्मत गर्ने र यो क्षेत्रको बाढी समस्या समाधानमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो प्रत्यक्ष प्रतिनिधित्वको क्षेत्र भएकाले समस्याको तत्काल समाधानमा पहल गर्ने बताए ।

  • बेङ्गरि स्थित राय खोला र मुरकुटा खोलाको 

कटानका कारण ५० बिघाभन्दा बढी जमिन बालुवाले पुरिएको छ, जसले स्थानीय किसानहरूलाई गम्भीर आर्थिक संकटमा पारेको छ । तीन वर्षदेखि बाँधको समस्या यथावत् रहेको र ठूलो मात्रामा जमिन बाढीले क्षतिग्रस्त बनेको स्थानीय किसानहरू बताउँछन् । किसान गोसाई चौधरीले भने, “पहिले मेरो १२ कठ्ठा खेतमा राम्रो उत्पादन हुन्थ्यो, तर अहिले बालुवाले खेत प्रयोगविहीन बनाएको छ ।“
वडा नम्बर ९, रघुनाथपुरस्थित सुन्दरी खोलाले पनि बस्तीमा खतरा निम्त्याएको छ । मन्त्री साहले अनुगमनपछि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गर्ने प्रयास भए पनि १० लाख मात्रै विनियोजन गर्न सकेको जानकारी दिए । बाँकी रकम थप गरी समस्या समाधानको पहल गर्ने उनले प्रतिवद्धता जनाए ।
नगर प्रमुख पदका प्रत्यासी भोला पासवान, जसपाका जिल्ला सदस्य मोहम्मद जिब्रिल, र अन्य स्थानीय नेताहरूले पनि प्रभावित क्षेत्रको अनुगमन गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री साहले स्थानीय निकायसँग समन्वय गरी बाढी समस्या समाधान गर्न योजना बनाउने र किसानहरूलाई राहत पुर्याउने आश्वासन दिए ।
स्थानीय किसानहरूले मन्त्रीको यो अनुगमनलाई सकारात्मक रूपमा लिँदै समाधानको आशा व्यक्त गरेका छन् ।
समाजले एक कर्मठ, संघर्षशील, र परिवर्तनप्रति समर्पित व्यक्तित्व गुमाएको छ,“ कञ्चनरुप नगरपालिका वडा नं. ९ का चौठी सरदारप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रमुख अतिथि नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाहले भने । सप्तरीको रोगनाथपुरमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा पार्टी नेता, पत्रकार, शिक्षक, र स्थानीय समुदायको भावपूर्ण सहभागिता रह्यो ।
 

प्रतिक्रिया