कञ्चनपुर, कार्त्तिक १ गते ।
नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले चौठी सरदारको मृत्युले समाजले एक कर्मठ, संघर्षशील, र परिवर्तनप्रति समर्पित व्यक्तित्व गुमाएको बताएको छ ।
बिहिबार कञ्चनरुप नगरपालिका वडा नं. ९का चौठी सरदारको असामयिक निधनको शोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन् । सप्तरीको रघुनाथपुरमा आयोजित कार्यक्रममा मन्त्री साहले भने, ‘‘समाजमा एउटा संघर्षशील र कर्मठ व्यक्तित्वको निधनले सबैलाई मर्माहत बनाएको छ।’’ यस श्रद्धाञ्जली सभामा स्थानीय समुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरू, पत्रकारहरू, शिक्षकहरू, र बिभिन्न व्यक्तित्वहरूको उपस्थितिले चौठी सरदारप्रति गहिरो सम्मान प्रकट गरिएको थियो।
मन्त्री साहले चौठी सरदारको पार्टीप्रतिको निष्ठा, समाज परिवर्तनमा उहाँले खेलेको भूमिकाको चर्चा गर्दै, उनको योगदानलाई सदैव सम्झिरहने बताए। उहाँले चौठी सरदारको निधनले समाजले एक अग्रणी व्यक्तित्व गुमाएकोमा दुःख व्यक्त गर्दै, पार्टी र समाजलाई परेको अपूरणीय क्षति उल्लेख गरे।
विशिष्ट अतिथिको रूपमा अबलोकित दैनिकका वरिष्ठ पत्रकार भोला पासवानले चौठी सरदारको जीवनभरको संघर्ष र समाज परिवर्तनमा उनले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रसंशा गरे। उनले चौठी सरदारको निष्ठा, साहस, र समाजप्रतिको समर्पणको उच्च मूल्यांकन गर्दै, उहाँको योगदान कहिल्यै भुल्न नसकिने बताए।
कञ्चनरुप ९का वडा अध्यक्ष राम सुन्दर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । वडा अध्यक्ष यादवले आफ्नो सम्बोधनमा चौठी सरदारको समाजप्रतिको योगदानको चर्चा गर े। उनले चौठी सरदारले शिक्षा र सामाजिक चेतनाको महत्त्वलाई बुझेर स्थानीय स्तरमा जनचेतना फैलाउन सहयोग गरेको उल्लेख गरे। सरदारको समाजप्रतिको सोच र कार्यले यहाँका युवालाई प्रेरणा दिएको यादवले बताए।
कार्यक्रमको सञ्चालन चित्रंजन यादवले गरेका थिए, जहाँ स्थानीय गाउँबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सरदारको योगदानप्रति सम्मान प्रकट गर्दै सहभागीहरूले उनको आत्माको शान्तिको कामना गरेका थिए।
कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष भनेको बाढी प्रभावित स्थानीय क्षेत्रको अवस्था थियो। अविरल वर्षाका कारण ५० मिटर लामो बाँध भत्किएर स्थानीय बासिन्दाहरूका घरमा पानी पसेको थियो, जसले गर्दा किसानहरूको धान बालीसमेत नष्ट भएको छ। मन्त्री नवल किशोर शाहले अनुगमन गर्दै, बाँध पुनर्निर्माण र प्रभावित किसानहरूको राहतका लागि तुरुन्तै आवश्यक कदम चालिने प्रतिबद्धता जनाए। उनले बाढीले पारेको क्षति सम्बोधन गर्न सरकारको तर्फबाट आवश्यक राहत कार्यक्रमहरू छिट्टै लागू गरिने आश्वासन दिए।
भोला पासवान, नगरप्रमुख पदका प्रत्यासी, कञ्चनरुप नगरपालिकाले चौठी सरदारको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सन्देश जारी गरेका छन्। उनले चौठी सरदारको समाज र पार्टीप्रतिको योगदानको स्मरण गर्दै, समाजले एक अग्रणी र समर्पित व्यक्तित्व गुमाएको बताए। चौठी सरदारको योगदान समाजमा सदैव प्रेरणाको स्रोत रहिरहने बताउँदै, पासवानले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।
यस दुःखद घडीमा चौठी सरदारको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै, सहभागी सबैले उहाँको योगदानको उच्च मूल्यांकन गरेका छन्।
प्रतिक्रिया