धर्मेश्वर महादेवमा भव्य रुपमा मनाईयो बाला चतुर्दशी, नृत्य प्रतियोगिता सम्पन्न

  • मंसिर १0, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर, मंसिर १० गते ।
धर्मेश्वर महादेव मन्दिर संरक्षण तथा पर्यटन क्षेत्र समितिले सोमबार बाला चतुर्दशीको अवसरमा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । 
    उक्त नृत्य प्रतियोगितामा प्रिमरोज इंगलिश स्कूलका अमित राई र आरती मगर प्रथम,लिटिल फ्लावर सेकेण्डरी स्कुल रुपनगरबाट सहभागि संचिता अधिकारी द्वितिय,स्थानीय युवराज राई तृतीय भएका थिए । लिटिल फ्लावर सेकेण्डरी स्कुल रुपनगरबाट प्रेक्षा पाण्डे ,सुजन पाण्डेले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए । विजय भएकाहरुलाई कञ्चनरुप नगरपालिका नगरप्रमुख बसन्तकुमार मिश्रले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
कञ्चरुप नगरपालिका १२ धरमपुर स्थित उक्त मन्दिरमा प्रत्येक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउदै आएका छन् । मन्दिरमा सतवीज,पलवीज छर्न आउने भक्तजन तथा तीर्थालु व्रतालुजन लगायत कार्यक्रममा सहभागीहरुलाई जलपानको व्यवस्था समेत गरिएको समितिका अध्यक्ष लिल बहादुर मगरले बताए । अध्यक्ष मगरका अनुसार उक्त मेलामा हजार भन्दा वढी भक्तजनहरु सहभागिता रहेको थियो  ।

प्रतिक्रिया