कञ्चनपुर, असोज ५ गते। कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित ऋषभ डिपार्टमेन्ट स्टोरले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ। स्टोरले आफ्नो नियमित ग्राहकप्रति कृतज्ञता प्रकट गर्दै कञ्चनरुप नगरपालिकाकी रंजिता सिंह, समा खातुन, राजेश कुमार विश्वकर्मा, र शशी स्वर्णकारलाई सम्मान गर्दै विशेष उपहार प्रदान गरेको छ।
डिपार्टमेन्ट स्टोरका सञ्चालक लुकेश्वर गुप्ताले सम्मानित व्यक्तिहरू स्टोरका नियमित ग्राहक भएकोमा धन्यवाद ज्ञापन गरे।
वार्षिकोत्सवको अवसरमा स्टोरलाई आकर्षक ढंगले सिँगारिएको थियो। केक काटेर औपचारिक रूपमा उत्सवको शुरुवात गरिएको थियो भने कार्यक्रममा सहभागी सम्पूर्ण ग्राहकलाई केक र मिठाई वितरण गरिएको थियो।
साथै, ऋषभ डिपार्टमेन्ट स्टोरले नयाँ सुविधाको घोषणा गर्दै अब सधैँका लागि एउटै छानामुनि सम्पूर्ण ताजा सामानहरू उपलब्ध गराउने बताएको छ। ग्राहकहरूले भारी छुटको फाइदा उठाउन सक्नेछन्, जसले उनीहरूको समय र पैसा दुवैको बचत गर्नेछ। विशेष गरी, जोगका सबै समानहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
ग्राहक शशी स्वर्णकारले स्टोरले एकै स्थानमा खाद्यान्नदेखि पेय पदार्थसम्म सजिलै उपलब्ध गराउँदा निकै सहज भएको बताउँदै अन्य स्टोरको तुलनामा यहाँको दर सुलभ रहेको टिप्पणी गरे।
सञ्चालक गुप्ताले स्थानीय समुदायलाई रोजगार सृजना गर्न योगदान पुर्याएकोमा गर्व गर्दै स्टोरले पाँच जना भन्दा बढी व्यक्तिलाई स्थायी रोजगारी दिएको जानकारी गराएका छन्।
ऋषभ डिपार्टमेन्ट स्टोरले आफ्नो सेवाको एक वर्ष पूरा गर्दै ग्राहकहरूको भरोसालाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ।
प्रतिक्रिया