साथीहरूको यौन प्रस्ताव अस्वीकार गर्दा युवकको हत्या

...

सिरहा, कार्तिक ५ सिरहामा एक युवकले आफ्नी प्रेमिकासँग साथीहरूको यौन सम्पर्क राख्न नदिँदा हत्या भएको छ।

प्रहरीले जानकारी दिएअनुसार, घटना सिरहाको सुखीपुर नगरपालिकामा भएको हो। कृष्ण महराको प्रेमिकासँग उनका साथीहरूले पनि यौन सम्पर्क राख्ने प्रस्ताव गरेका थिए, तर उनले उक्त प्रस्ताव अस्वीकार गरेपछि उनको हत्या भएको हो।

गोलबजार नगरपालिका वडा नम्बर १३ निवासी कृष्णकुमार महराको आफ्नै साथीहरूको मिलेमतोमा हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। लागुऔषधको सेवन गरेका पाँच जनाले उनको हत्या गरेको प्रहरी प्रवक्ता बिरेन्द्र पासवानले बताएका छन्।

प्रहरीले गोलबजार नगरपालिका१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम, र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको छ।

हत्या भएको दिन, २७ गते, दशैं मेलामा गएको बेला सबैले लागुऔषध सेवन गरेका थिए। यौन प्रस्ताव अस्वीकार गरेपछि साथीहरूबीच विवाद भयो र त्यसपछि चक्कु प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ। शवलाई गागन खोलाको पश्चिम किनारमा बालुवाले ढाकेर लुकाइएको थियो।

प्रहरीले पाँच घण्टाभित्र घटना पत्ता लगाई अनुसन्धान सुरु गरेको थियो, र बयानको आधारमा सबैलाई पक्राउ गरिएको छ।

 

प्रतिक्रिया