कञ्चनपुर, कात्तिक ७ गते ।
जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं। ०६ थानगाछी निवासी आकाश आदर्शलाई यौन दुर्व्यवहार र धम्कीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आरोपी आकाश, जो राजविराज नगरपालिका वडा नं। ०४ स्थित तन्दुरी रेष्टुरेन्टका संचालक उमेश प्रसाद साह हलुवाईका छोरा हुन्, २८ वर्षीय छन्।
२०८१ असोज २१ गते, रेष्टुरेन्टमा कार्यरत परिवर्तित नामकी महिला ९जिल्ला राजविराज(१५० को बयान अनुसार, उनले सन्चो नभएको कारण कोठामा आराम गर्ने बताएपछि, रातको ९ बजे आरोपी आकाशले जबरजस्ती कोठामा पसेर मुख थुन्ने र यौन दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको छ। थप रूपमा, आरोपीले मोबाइलमा भिडियो खिचेर धम्की दिँदै उक्त भिडियो सामाजिक सञ्जालमा फैलाउने चेतावनी दिएको पनि भनिएको छ।
यौन दुर्व्यवहारपछि पीडित महिलाले आकाशले खिचेको भिडियो आफ्नै मोबाइलमा पठाएको बताएपछि, घटनाको जानकारी पाउँदा जिल्ला प्रहरी कार्यालय सप्तरीले तत्त्कालै प्रहरी टोली खटाएर आरोपीलाई नियन्त्रणमा लिएको हो। हाल, आकाश आदर्शलाई म्याद थप गरी प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ।
प्रहरीका अनुसार घटनाको गम्भीरताका कारण थप अनुसन्धान गरिनेछ।
प्रतिक्रिया