विवश मिश्र स्मृति टेनिस टी २० प्रतियोगिता कन्चनरुपमा सुरु

...

कञ्चनपुर,कार्तिक ७ गते ।
स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको खेलकुदू भन्ने नाराका साथ कन्चनरुप नगरपालिका वडा नम्बर ९, रुपनगरस्थित खेरवना मैदानमा विवश मिश्र स्मृति टेनिस टी २० प्रतियोगिता बुधबारदेखी सुरु भएको छ। 
उद्घाटन समारोहमा प्रमुख अतिथि अवलोकित दैनिकका प्रकाशक तथा सम्पादक भोला पासवानको उपस्थितिमा खेलकुदको महत्त्व र समाजमा यसको सकारात्मक प्रभावबारे चर्चा गरियो।  पासवानले आफ्नो सम्बोधनमा आयोजक युवा कमिटीलाई क्लब दर्ता गरेर प्रतियोगिता सञ्चालन गरेकोमा बधाई दिँदै, आगामी वर्षहरूमा पनि प्रथम पुरस्कारको लागि  सहयोग गर्ने प्रतिबद्धता जनाए। कञ्चनरुप नगरपालिकाका मेयर प्रत्यासी समेत रहेका पासवानले विवश मिश्र एक होनहार क्रिक्रेटर र अब्बल बिद्यार्थी रहेको बताए । उनले भने, विवश हामीबीच छैन,तर विवशलाई सम्झिनका लागि उनका साथीहरुले बार्षिक रुपमा क्रिक्रेट प्रतियोगिता आयोजना गरेर उदाहरणीय काम गरेको छ । म कार्यमा सधै सहयोग गर्न तयार छु । 
गत  बर्ष पहिलो सिजनको खेलमा पत्रकार पासवानले उप विजेता टिमलाई दोस्रो पुरस्कार राशी (२० हजार) प्रदान गरेको थिए भने अहिले सुरु भएको खेलमा पहिलो बिजेता टिमलाई ३० हजार रकम उपलब्ध गराउनेछ । टिमको दोस्रो बिजेतालाई कृष्णा किराना स्टोरका संचालक समाजसेवी कृष्ण प्रसाद सिंहले २० हजार उपलब्ध गराउनेछ । 
यस प्रतियोगिताको आयोजनामा कन्चनरुप नगरपालिका वडा नम्बर ८ का युवाहरूको विशेष पहल रहेको छ। आयोजक युवा कमिटीका सदस्य निराजन मण्डलले प्रतियोगिताको उद्देश्य युवाहरूलाई खेलकुदमा आकर्षित गर्नु, सकारात्मक सोचको विकास गर्नु, र स्वस्थ जीवनशैलीको सन्देश फैलाउनु रहेको बताए।

प्रतियोगिताको उद्घाटन खेलमा के एस टि भारदह र कन्चनरुप रोयल क्लब रुपनगरबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा विभिन्न स्थानीय तथा क्षेत्रीय टिमहरूको सहभागिता रहने छ, जसले क्षेत्रीय स्तरमा खेलकुदप्रति युवाहरूको चासो बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सम्पन्न भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कृत गरिनेछ, र सहभागी टिमहरूलाई सम्मानपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन ।

उद्घाटन समारोहमा कञ्चनरुप नगरपालिका का पूर्व मेयर बसन्त मिश्र, कञ्चनरुप वडा नं. ९का वडा  अध्यक्ष रामसुन्दर यादव, समाजसेवी एवं कृष्णा किराना पसलका संचालक कृष्ण प्रसाद सिंह, साजसेशी मनोज मिश्र लगायतको उपस्थिती रहेको थियो । भन्ने कार्यक्रम संचालन पवन रौनियारले गरेका थिए ।

प्रतिक्रिया