कञ्चनपुर,कार्तिक ८ गते ।
कञ्चनरुप नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक र धार्मिक विद्यालयहरूलाई विद्यालय व्यवस्थापन समिति गठन नगरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, युवा, तथा खेलकुद शाखाले २०८१ मंसिर १५ गतेभित्र समितिको गठन गरी विवरण पेस नगरेमा कानूनी प्रक्रियाअनुसार कठोर कदम चालिने स्पष्ट पार्दै विद्यालयहरूलाई तत्काल निर्देशन दिएको छ।
कञ्चनरुप, सप्तरीस् कञ्चनरुप नगरपालिकाको शिक्षा, युवा, तथा खेलकुद शाखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक र धार्मिक विद्यालयहरूलाई विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ।
शाखाले हालै सार्वजनिक गरेको सूचनामा २०८१ मंसिर १५ गतेभित्र विद्यालय व्यवस्थापन समितिको गठन गरी विवरण पेस गर्न अनिवार्य गरिएको छ। नगरपालिकाले यसअघि नै २०७९ मंसिर १९ गतेका दिन समितिहरू गठन गर्न निर्देशन दिएको भए पनि, केही विद्यालयहरूले अहिलेसम्म समितिको गठन नगरेको कारणले यो नयाँ सूचनालाई प्राथमिकता दिएको छ।
नगर शिक्षा समितिको २०८१ जेठ २५ गतेको निर्णयअनुसार, शिक्षा ऐन २०७५ को दफा ९ अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने कानूनी प्रावधान रहेको सूचनामा उल्लेख छ। यसअघि नगरपालिकाले विद्यालयहरूको समीक्षा गर्दा धेरै विद्यालयहरूले समितिको गठन नगरेको पाइएको थियो।
नगर शिक्षा अधिकारी प्रेम कुमार चौधरीले भने, “समयसीमाभित्र विद्यालय व्यवस्थापन समिति गठन नगर्ने विद्यालयहरूमाथि कडा कारवाही गरिनेछ।” विद्यालय व्यवस्थापन समितिहरूको गठनले विद्यालयहरूको शैक्षिक स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले थपे।
शिक्षा, युवा, तथा खेलकुद शाखाले सबै विद्यालयका प्रधानाध्यापकहरूलाई समितिको गठन प्रक्रिया पूरा गरी विवरण पेस गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया