अवलोकित समाचारदाता
कञ्चनपुर,मंसिर १० गते । कञ्चनरुप नगरपालिकाको नगर प्रमुख बसन्त कुमार मिश्रले कोशी टप्पु वनजन्तु आरक्षको हात्ती आंतक अब केहि दिनमै कम हुने बताएका छन् ।
कञ्चनरुप नगरपालिका–७ स्थित घोघनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभाको प्रमुख अथितिको आसन्नबाट बोल्दै सो कुरा बताएका हुन ।
हात्ती समस्या समाधान गर्न प्रतिनिधिसभा सांसदहरुले संसदीय पूर्वाधारकोषबाट ६ कारोड बजेटले बिनयोजन गरेकोले केहि दिनेमै विज्ञहरुबाट छलफल गरी समस्या समाधान गरिने नगरप्रमुख मिश्रको भनाई थियो ।
कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष रिखी माया थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपाका नेता बच्चुलाल चौधरी,वडा अध्यक्ष मोहमद जिवरील मियाँ,रमेश दास र गिता चौधरी लगायतका बक्ताहरुले आ–आफनो मन्तब्य ब्यतm गरेका थिए ।
कार्यक्रममा असल ऋणी सहिजन खातुन र व्यक्तिगत बचत तर्फ विन्दा देवी शार्मालाई दोसाला ओढाई सम्मान गरेकी थिईन् । कार्याक्रममा २०७५/०७६ को बार्षिक प्रतिवेदन सहकारीका प्रबन्धक संजिव कुमार सिंहले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया