कञ्चनपुर,कार्तिक १४ गते ।
तिरहुत गाउँपालिका–२ का शंकर साहकी छोरी किरण साहको मृत्यु सर्पदंशका कारण भएको छ । किरणलाई १० दिनअघि भान्सा कोठामा कोबरा (गहुमन) सर्पले टोक्दा गम्भीर घाइते भइ उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल उपचार गदाउदै थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा मंगलबार किरणले ज्यान गुमाएको जानकारी किरणका काका तथा पत्रकार राजकुमार साहले सामाजिक सञ्जालमार्फत दिएका छन्।
साहले भनेका छन्, “हाम्रो परिवारकी एक सदस्य आज हामी बीच रहिनन्। मेरो भतिजी किरण साह १० दिनसम्म सर्पदंशविरुद्ध संघर्ष गर्दै धरान अस्पतालमा थिइन्। अन्ततः आज मङ्गलबार उनले उपचारमा हार खाइन्। भगवानले छोरीलाई लिएर जानुभयो, मायाले सम्झनु होला।”
यस दुखद घटनापछि कञ्चनरुप नगरपालिकाको सर्पदंश उपचार सेवाको प्रभावकारितामा प्रश्न उठेको छ। नगरप्रमुख ललन प्रसाद गुप्ता निर्वाचित भएलगत्तै सर्पदंश उपचार सेवाको उद्घाटन गरे र स्वास्थ्यकर्मीहरूलाई तालिमसमेत दिएका थिए। यससेवा सञ्चालनका लागि गरिएको व्यापक प्रचार र तयारीका बाबजुद समयमै उचित उपचार नपाउनु, उपचार सेवाको अव्यवस्था र प्रभावकारितामाथि प्रश्न चिन्ह उठेको छ।
यस्तो अवस्थामा, स्थानीयबासीले तत्काल र दक्ष उपचार सेवाको उपलब्धता र अनुगमनमा नगरपालिकाले थप ध्यान दिनुपर्ने माग गरेका छन्। सर्पदंश जस्ता गम्भीर घटनामा राज्यको स्वास्थ्य सेवा प्रभावकारी र पहुँचयुक्त हुन नसक्दा, कञ्चनरुप नगरका परिवारहरूले दुखद परिणाम भोग्न बाध्य हुनु परेकोछ।
प्रतिक्रिया