कञ्चनपुर,कार्तिक १५ गते । विवश मिश्र स्मृति टेनिस टी-२० प्रतियोगिताको उपाधि केसिटी भारदह टिमले आफ्नो कब्जामा लिएको छ। बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका-९, खैरवना खेलमैदानमा सम्पन्न यस प्रतियोगितामा केसिटी भारदहले कञ्चनपुर टिमलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। टस जितेर ब्याटिङ गर्न आएका कञ्चनपुर टिमले १९.३ ओभरमा सबै खेलाडी आउट हुँदै ११३ रनको लक्ष्य प्रस्तुत गरे।
जवाफमा केसिटी भारदहले १०.१ ओभरमै १ सय १४ रनको लक्ष्य पूरा गर्दै ६ विकेटको जित हासिल गर्यो। बलिङतर्फ केसिटी भारदहका मिकु मण्डलले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने, रिबती राज र उमेश चौधरीले २-२ विकेट हात पारे। यस्तै साकिब अलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै एक विकेट लिए।
ब्याटिङ प्रदर्शन: पहिलो ब्याटिङ गरेका कञ्चनपुरका सत्यनारायण राउत र राजकुमारले उत्कृष्ट प्रदर्शन गर्दै ३४ रन बनाएका थिए। अन्य खेलाडीहरूमा रोहन बि.के ६ रन, मुकेश महतो १२ रन, अनुज ७ रन, मुकेश २० रन, रबिन २ रन, राहुल बि.के ७ रन, र शहबाजले १५ रन बनाएका थिए। त्यस्तै, केसिटी भारदहका मिकु मण्डललाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो। सप्तरीका १६ ओटा टिमले खेलमा सहभागीता जनाएका थिए ।
पुरस्कार वितरण समारोह: प्रतियोगितामा विजेता टिमलाई पहिलो पुरस्कार स्वरूप नगद ३०,००० रुपैयाँ कञ्चनरुप नगरपालिकाका प्रत्यासी उमेदवार एवं प्रकाशित अबलोकित दैनिकका सम्पादक भोला पासवानले चेकमार्फत हस्तान्तरण गरे। दोस्रो पुरस्कार स्वरूप २०,००० रुपैयाँ कृष्णा किराना स्टोर कञ्चनपुर बेरियरका प्रोप्राइटर कृष्ण प्रसाद सिंहले उपविजेता टिमलाई प्रदान गरे।
समारोहलाई सम्बोधन गर्दै पासवानले खेलाडीहरू, आयोजकहरू, र सम्पूर्ण उपस्थित व्यक्तिहरूलाई तिहार, छठ, तथा सामाचकेवा पर्वको अवसरमा शुभकामना व्यक्त गरे। साथै, उनले खेलकुद विकासका लागि आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्दै क्लबलाई वैधानिक रूपले संचालन गर्न र आगामी वर्ष थप व्यवस्थित रूपमा खेल आयोजनामा जोड दिन आग्रह गरे।
समापन समारोह: "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नारासहित आयोजित समापन समारोहको अध्यक्षता आयोजक कञ्चनपुर युवा कमिटीका अध्यक्ष निराजन मंडलले गरेका थिए।
प्रतिक्रिया