राजविराज,कार्तिक २० गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलवार फरार रहेका थप नौ जना प्रतिवादीलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरेको छ। फैसला कार्यान्वयनको क्रममा मिति २०८१।०७।२० गते खटिएको प्रहरी टोलीले अदालतको विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरुलाई खोजतलास गर्दै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरुमा नकटी रायपुर(८ निवासी दशै यादव जालसाजी मुद्दामा रु एक सय जरिवाना तिर्न बाँकी रहेकोमा नियन्त्रणमा लिइएको छ। यस्तै, कोमधेपुरा(८ का गुल्छा यादव कुटपिट मुद्दामा रु दुई सय जरिवानासहित पक्राउ परेका छन्। मलेकपुर(४ निवासी लक्ष्मी नारायण ठाकुर र दिपेन्द्र ठाकुर दुवै जनालाई कुटपिट मुद्दामा रु एक सय पन्ध्र जरिवानासहित नियन्त्रणमा लिइएको छ।
त्यसैगरी, मलेकपुर(१ निवासी धुरण सदा, देवु सदा, भुला सदा, हिरालाल सदा, र बद्री सदा कुटपिट र अंगभंग मुद्दामा फरार रहेको अवस्थामा पक्राउ परेका छन्। धुरण सदा, देवु सदा, र हिरालाल सदा सबै जनालाई रु पाँच सय पचास जरिवाना तिर्न बाँकी थियो भने भुला सदा र बद्री सदालाई क्रमशः रु पाँच सय जरिवानासहित पक्राउ गरिएको छ।
समग्रमा, पक्राउ परेका प्रतिवादीहरुमाथि तोकिएको जरिवाना रकम तीन हजार एक सय अस्सी रुपैयाँ रहेको छ। प्रहरी कार्यालयले अदालती निर्णयको कार्यान्वयनलाई प्रभावकारी बनाउन निरन्तर रुपमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया