सप्तरी प्रहरीद्वारा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्दन कुमार सिंह पक्राउ

...

राजविराज,कार्तिक २१ गते ।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–६ का ३६ वर्षीय चन्दन कुमार सिंहलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ। भवानलाल यादवसँग घरजग्गा किन्ने प्रयोजनमा १ करोड ४५ लाख ८५ हजार  लिई उक्त रकम फिर्ता नदिएपछि सिंह फरार भएका थिए।

भवानलाल यादवले चन्दन कुमार सिंहलाई उक्त रकम तिर्नको लागि सिद्धार्थ बैंक लिमिटेड, राजविराज शाखाबाट चेक काटेर दिएका थिए। तर, चेक बाउन्स भएपछि सिंहले रकम फिर्ता नगरी फरार भएको जनाइएको छ। जिल्ला अदालत सप्तरीबाट जारी भएको पक्राउ आदेशअनुसार प्रहरीले खोजी गर्दै जाँदा गत सोमबारबिहान ७ ः ३० बजे तिलाठी कोइलाडी गाउँपालिका–६ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएको छ ।

हाल प्रतिवादी चन्दन कुमार सिंहलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उक्त घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको समेत अनुसन्धान जारी रहेको जनाएको छ। यस प्रकारका आर्थिक अपराध विरुद्ध प्रहरी प्रशासन कठोर रुपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएको छ। 

प्रतिक्रिया