सप्तरीको कञ्चनरुपमा माछा मार्ने क्रममा करेन्ट लागेर पूर्व सशस्त्र प्रहरीको मृत्यु

...

कञ्चनपुर, कार्तिक २१
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११, ठेलियामा माछा मार्ने क्रममा करेन्ट लागेर एक पूर्व सशस्त्र प्रहरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४० वर्षीय सुरेन्द्रराज धामी रहेका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार, धामीले घर नजिकै रहेको एक कल्भर्टको खाल्डोमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने प्रयास गर्दा करेन्ट लागेर घाइते भएका थिए।

धामीलाई गम्भीर घाइते अवस्थामा विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। उनी ६ वर्षअघि सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदबाट स्वेच्छिक अवकाश लिएका थिए।

पारिवारिक स्रोतले जनाए अनुसार, मृतकको शवको पोष्टमार्टम कोशी अस्पतालमा सम्पन्न गरी हिन्दु परम्पराअनुसार सप्तकोशी नदी किनारमा अन्तिम दाहसंस्कार गरिएको छ।

प्रतिक्रिया