काग्रेसद्धारा शुभकामना अदान प्रदान भ्रष्टाचार, मूल्य वृद्धि चरम सिमामा : पूर्व गृहराज्य मन्त्री चौधरी

  • मंसिर १0, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,मंसिर १ गते ।
नेपाली काँग्रेसका नेता तथा पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरीले भने देशको आवस्था राम्रो नरहेको,भ्रष्टाचार, मूल्य वृद्धि चरम सिमामा रहेको बताए ।            दशैं,दिपावली र छठ सकिएपछि नेपाली काँग्रस कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कार्यसमितीले सर्वोदय माध्यमिक विद्यालयको सभा हलमाशुभकामना आदान(प्रदान कार्यक्रम शनिवार सो कुरा प्रमुख अतिथिको आसन्नबाट बताएका छन्               

‘देशमा हत्या हिंसा बलत्कारको घटना दैनिक रुपमा बढदै गएको    छ । तर सरकारले मुखदर्शक भएर हेरीरहेका छन् ।’ पूर्व गृहराज्य मन्त्री चौधरीले भने ‘जब सम्म नेपाली काँग्रेस  पार्टीको नेतृत्वको सनरचनाको समाप्त हुदैन,तब सम्म पार्टी एकता नहुने र देशको विकास तानासाही तरीकारबाट अगाडी बढीरहन्छ । ’ नेपाली काँग्रेसका जिल्ला सचिव रामकुमार यादवले नेपाली काँग्रेसमा जिल्ला सभापती तथा ठुला नेताहरुलाई गुलामी गर्नु छैन । नेपाली काँग्रेसलाई कमजोर बनाउन नेकपाका नेता तथा कार्यकार्ताहरुले शेरबहादुर देउवालाई प्र्रधानमन्त्री बनाएको आरोप लगाउदै भने ‘यस शुभ कामना आदान प्रदान कार्यक्रममा देउवा पक्षका नेता तथा कार्यकर्ताहरु उपस्थित किन छैन ?’  नेपाली काँग्रेसका सभापती भरत राज शर्माले सप्तरी जिल्लामा नेपाली काँग्रेसलाई अगाडी बढाउन केस सेतो नेता तथा कार्यकार्ताबाट हुदैन केस कालो नेता तथा कर्मठ यूवाहरुले अगाडी आउन आग्रह गर्दै भने ‘नेपाली काँग्रेस सप्तरी जिल्लाका सभापती दिनेश यादव गलत प्रवृतिको कारणले गर्दा काँग्रेस सप्तरीमा कमजोर भएको छ ।’  उतm कार्यक्रममा नेपाली काँग्रेसका माहाधिवेशन प्रतिनिधि रामभरोसी गुप्ता,उमेश मिश्रा, माहासमितिका सदस्य जित बहादुर श्रेष्ठ, पूर्व क्षेत्रीय सभापती तथा माहासमिती सदस्य हेम नारायण चौधरी, प्रतिनिधि सभाका प्रतिष्पर्धी राम देव साह,पूर्व वातावरण मन्त्री हेमराज तातेड, क्षेत्र नं.१ क्षेत्रीय सभापती बद्री माहात्मा ,ईसाद अनसारी,यूवा नेता बिटु गुप्ता र खगेन्द्र कर्ण लगायतले मन्तब्य ब्यतm गरेका थिए  भने कार्यक्रमका कार्यभार सभापती कञ्चनरुप नगरपालिका ८ सप्तरीका जन्त मनसुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया