कञ्चनपुर,कार्तिक २४ गते ।
कञ्चनरुप नगरपालिकाका मेयरका प्रत्यासी भोला पासवानले दलित, पिछड़ा वर्ग, र उत्पीडित समुदायको अधिकारका लागि कर्पुरी ठाकुरको योगदान प्रेरणादायी रहेको बताएका छन् ।
शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा सम्पन्न नेपाल नाई समाजको सप्तरी जिल्ला अधिवेशनमा पासवानले कर्पुरी ठाकुरलाई सामाजिक न्याय र समतामूलक समाजको प्रेरणादायी नेता भन्दै, उनका संघर्षलाई स्मरण गरे। उनले भने, “कर्पुरी ठाकुरजस्तो महान समाजसेवी र नेता, जसले दलित र पिछडिएका वर्गको आवाज बुलन्द गरे, हाम्रो समाजको सच्चा प्रेरणा हुन्।ू पासवानले ठाकुरले शुरू गरेको आरक्षण प्रणाली, जसलाई कर्पुरी फार्मुला भनिन्छ, सरकारी सेवामा पिछडा वर्गलाई अवसर दिलाउने ऐतिहासिक कदम भएको बताए। उनले ठाकुरको शैक्षिक सुधारका प्रयासलाई पनि प्रशंसा गर्दै, कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई पढ्ने अवसर दिलाएकोमा जोड दिए।
त्यसैगरी, सप्तरीको कञ्चनरुप नगरपालिका वार्ड नं। ७ स्थित आदर्श टोलको विष्णु मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा एमाले नेता कलिम मियाले पनि समाजको एकताको महत्त्वमा प्रकाश पारे। उनले आफ्ना भनाइमा भने, ूहम एक होजाए तो बन सक्ते है खुर्सिदे मोबिद, वर्ना बिखरे हुवे इन तारोसे क्या बात बने।” यस शायरीको अर्थमा उनले समाजलाई गोलबन्द गर्न, एकता कायम राख्न आवश्यक रहेको बताए। १५ वर्ष भारतको उत्तर प्रदेशमा बिताएको अनुभव साझा गर्दै उनले ठाकुर समाजको सम्मान र त्यस क्षेत्रमा समाजमा रहेको सहकार्यको महत्त्वबारे पनि चर्चा गरे। ठाकुर समाजको बीचमा मुस्लिम समुदायको मदरसासमेत रहेको सामाजिक सामञ्जस्यको उदाहरण दिँदै उनले कञ्चनरुप नगरपालिकामा पनि समाजमा समानता र सहकार्य कायम गर्न सबैलाई एकजुट हुन आह्वान गरे।
कार्यक्रमको प्रमुख अतिथि कञ्चनरुप नगर प्रमुख ललन प्रसाद गुप्ता र विशिष्ट अतिथि मुना पोखरेल रहेका थिए। राजकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कञ्चनरुपका भूपू मेयर बसन्त मिश्र, गुलानन्द ठाकुर, हरि ठाकुर, धर्मेन्द्र ठाकुर, विमल ठाकुर लगायत कञ्चनरुप नगरपालिका भरिका सम्पूर्ण ठाकुर समुदायका बुद्धिजीवी, शिक्षक, समाजसेवी, र राजनीतिकर्मीहरूको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य अमर कान्त ठाकुरले व्यक्त गरे भने, अतिथिहरूलाई सम्मानस्वरूप ब्याच वितरण मुसका ठाकुर र भाग्य लक्ष्मी ठाकुरले गरिन्।
कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूको पनि विशेष सम्मान गरिएको थियो। यस क्रममा राजेन्द्र ठाकुरले ज्येष्ठ नागरिक कुलदेव ठाकुर, बद्री ठाकुर, राम प्रसाद ठाकुर, देव नारायण ठाकुर, र राम चरित्र ठाकुरलाई विशेष सम्मान प्रदान गरे। उद्घोषक प्रमोद कुमार ठाकुरले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको समापन राजकुमार ठाकुरले गरेका थिए।
यस अवसरमा, नेताहरूले समाजमा समानता र सहकार्यको आवश्यकता र कर्पुरी ठाकुरजस्ता व्यक्तित्वहरूले यस अभियानलाई दिएको प्रेरणाको महत्त्वलाई विशेषरूपमा उजागर गरे।
प्रतिक्रिया