कञ्चनपुर, कार्त्तिक २४ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १ स्थित बैरवामा कलिम शेखको घरमा भएको आगलागीबाट करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी बिहान ११ बजे भएको थियो, जसमा फुसले बनेको पाँच कोठाको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीका क्रममा दुई डराम चामल, १० मन धान, एक सेट कृषि मोटर, र लत्ताकपडा जलेर नष्ट भएका छन्।
आगो नियन्त्रण गर्नका लागि बर्मझियाबाट सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूले सहकार्य गरेका थिए। कञ्चनरुप नगरपालिकाको दमकल बिग्रिएकोले हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल मगाएर मात्र आगो नियन्त्रणमा ल्याउन सम्भव भएको हो।
स्थानीय स्रोतका अनुसार, शेखको घरमा यो तेस्रो पटक आगलागी भएको हो। आगलागीको कारण अझै स्पष्ट हुन नसकेको र यस घटनाले प्रभावित परिवारलाई ठूलो आर्थिक नोक्सान पुर्याएको जनाइएको छ।
[5:26 pm, 09/11/2024] Bhola Sir Ntc: सप्तरीमा दशैँ, तिहार, छठ सुरक्षा सुदृढ: ७४१ प्रहरी परिचालन, ६६ फरार प्रतिवादी पक्राउ, अवैध भन्सारबाट रु. ४६ लाख संकलन
प्रतिक्रिया