कञ्चनपुर, कार्त्तिक २५ गते ।
सप्तरीको कञ्चनरूप नगरपालिका–८, नन्दनलाल चोक निवासी र पूर्व प्रधानाध्यापक तारणि प्रसाद साहुको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ। “शिक्षालाई उज्यालो यात्रातर्फ एक समर्पण“ भन्ने मुल नारासहित आयोजना गरिएको यो कार्यक्रम श्री पब्लिक आधारभूत विद्यालय, कञ्चनरूपमा सम्पन्न भयो ।
यस अवसरमा, तारणि प्रसाद साहुको परिवार, धर्मपत्नी, छोराछोरी, नातिनातिनीसहित नगरप्रमुख श्री ललन प्रसाद गुप्ता, शिक्षा क्षेत्रका विशिष्ट व्यक्ति, नागरिक समाजका अगुवाहरू, र विद्यार्थीहरूको उपस्थिति थियो । कार्यक्रममा तारणि प्रसादको शिक्षामा समर्पित योगदानलाई स्मरण गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रमका वक्ताहरूले तारणि प्रसादको शिक्षाप्रतिको योगदानलाई उच्च सम्मान गर्दै उनलाई सधैं स्मरणीय राख्न यस्तो अक्षयकोष स्थापना गरिएको बताए । उनीहरूको सम्झनामा स्थापित यो अक्षयकोषले आगामी दिनमा शिक्षा, विशेषगरी कञ्चनरूपका विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ । श्री पब्लिक आधारभूत विद्यालयका प्रधानाध्यापकको संयोजनमा आयोजित यो कार्यक्रममा सहभागीहरूले अक्षयकोष स्थापनाले शिक्षामा नयाँ आयाम थप्ने भन्दै धन्यवाद ज्ञापन गरे ।
स्वर्गीय तारणी स्मृति अक्षयकोषमा थप आर्थिक सहयोग :
शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको स्मृतिमा स्थापना गरिएको “स्वर्गीय तारणी स्मृति अक्षयकोष”मा परिवारको तर्फबाट प्रदान गरिएका १ लाख ५१ हजार रुपैंयामा थप उर्जा प्रदान गर्नका लागि विभिन्न दाताहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
स्व. तारणी स्मृति अक्षयकोषमा जम्मा गर्नेहरूमा स्वर्गीय तारणी प्रसाद साहका भतिजा रञ्जित कुमार साहले रु। २५ हजार, अर्का भतिजा एवम् स्वास्थ्यकर्मी मनोज साहले रु। १५ हजार, र अनुरोध मिडिया प्रा.लि. कञ्चनरुप नगरपालिका वडा नं. ८ कञ्चनपुरका अध्यक्ष एवम् अपूर्व न्यूजका सम्पादक राजकुमार पासवानले रु। ११ हजार १ सय ११ रुपैंया सहयोग प्रदान गरेका छन्। यसरी, सो स्वर्गीय तारणी स्मृति अक्षयकोषमा कुल रु. २ लाख २ हजार १ सय ११ रुपैंया जम्मा भएको छ।
उक्त कोषमा समाजसेवी, परिवारजन, र स्थानीय सहयोगीहरूको निरन्तर योगदानले कोषलाई थप मजबुत बनाएको छ।
राष्ट्रिय ध्वज स्तम्भ र बाटिका शिलान्यास :
स्वर्गीय तारणी स्मृति अक्षयकोष स्थापना कार्यक्रम बीच, कञ्चनरुप नगरपालिका–८, कञ्चनपुर निवासी शिक्षाविद् र पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको सम्झनामा श्री पब्लिक आधारभूत विद्यालय कञ्चनपुरमा राष्ट्रिय ध्वज स्तम्भ र बाटिका (हरित बगैंचा) को शिलान्यास गरिएको छ।
सो राष्ट्रिय ध्वज स्तम्भ र बाटिका शिलान्यास कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र शिक्षाविद् स्व. तारणी प्रसाद साहकी धर्मपत्नी चन्द्रकला देवी साहले संयुक्त रुपमा गरेका थिए।
स्व. तारणी प्रसाद साहको शैक्षिक योगदान
पूर्व प्रधानाध्यापक स्व. तारणी प्रसाद साहले नन्द उमा पब्लिक माध्यमिक विद्यालय, ओद्राहा, सप्तरीमा २०१६ साल कार्तिक १९ गतेदेखि प्रधानाध्यापकको पदमा स्थायी बहाल भई सेवा गर्न थालेका थिए। उहाँको अनिवार्य अवकाश २०५७ साल पौष १६ गतेसम्म सफलतापूर्वक पूरा भएको हो।
२०३८ साल कार्तिक २३ गते राजनीतिक कारणले उहाँको सेवा खारेज भए तापनि, २०४८ साल माघ १९ गतेमा सप्तरी जिल्ला शिक्षा कार्यालयको निर्णय अनुसार पुन: सातौं ग्रेडमा पुनर्बहाली गरिएको थियो। पुनर्बाहाली पछि उहाँले १० वर्ष २६ दिनको सेवा अवधि पूरा गर्नुभएको छ। कुल मिलाएर उहाँको शिक्षण सेवा अवधि ४१ वर्ष १ महिना २८ दिनको रहेको छ।
उक्त शिलान्यास कार्यक्रम श्री पब्लिक आधारभूत विद्यालय, कञ्चनरुप नगरपालिका-८, कञ्चनपुरका प्रधानाध्यापक बिजेन्द्र शर्मा र कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रतिक्रिया