१५ दिनभित्र ऐलानी पर्ति जग्गा खाली र नियम विपरीत संचालित संस्थागत विद्यालय बन्द गर्न सूचना जारी

  • मंसिर १0, २0७६
  • 0
...

कञ्चनपुर,मंसिर २ गते । कञ्चनरुप नगरपालिकाले आईतबार सडक,ऐलानी पर्ति जग्गा खाली र नियम विपरुति संचालित संस्थागत विद्यालय बन्द गर्न पुन १५ दिने सूचना प्रकाशित गरेको   छ । जारी सूचनामा नगरपालिका भित्रका सबै सार्वजनिक, ऐलानी, पर्ती, गौचरण बाटो अतिक्रमण जस्ता जग्गा जमिनहरु १५ दिन भित्र खाली गर्न,पूर्व पश्चिम राजमार्गको बीच (सेन्टर) बाट दाँय–बाँया २५–२५ मिटर खाली गन,सामुदायिक मा.वि. र आधारभूत विद्यालय, मदर्शा संस्थागत विद्यालयहरु नियमानुसार दर्ता÷अनुमति लिएर मात्र संचालन गर्न उल्लेख गरेको छ । सूचनमा आपूmखुशी संचालन गरेको पाइएमा आवश्यक कारबाही हुने उल्लेख छ ।      

विद्यालयहरु व्यवस्थित र अनुशासित रुपमा संचालन गर्न सम्बन्धित विद्यालय जवाफदेहि र जिम्मेवार हुनु पर्ने सूचनामा उल्लेख छ । त्यस्तै शिक्षण संस्था, मठ(मन्दिर, स्वास्थ्य संस्था तथा सार्वजनिक सेवाका महत्वपूर्ण स्थानका कम्तिमा ५० (पचास) मिटर भित्रको क्षेत्रमा मादक पदार्थ र धुम्रपान विक्री वितरण तथा सेवन कार्य तत्कालै बन्द गर्न,नगर क्षेत्रमा चौपाया, गाई–गोरु, भैँसी–राँगा, खसी–बोका, घोडा, गधा, सुँगुर, बँगुर आदि वस्तु खुल्लारुपमा छाडा छोड्ने नपाइने न.पा. भित्रको हदबन्दीमा  परेको जग्गाका मोही भए मोहीले जग्गाको विवरण सहित न.पा.लाई अनिवार्य जानकारी दिनुपर्ने, मोही नभएको हदबन्दी जग्गा भए कसले कति भोगेको छ सो को विवरण दिन तथा सडक क्षेत्र भित्र निर्माण सामाग्री तत्कालै हटाउने, नहटाएमा न.पा.ले सामाग्री कब्जामा लिने उल्लेख गरेको छ । उल्लेखित सुचना पालना नगरेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ नियम अनुसार कारवाही हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया