राजविराज, कार्त्तिक २७ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको अध्यक्षतामा सप्तरी जिल्लाका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारीहरुसँग परिचयात्मक छलफल तथा समन्वय कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा शान्ति सुरक्षा, अपराध न्युनिकरण, विपद व्यवस्थापन, महिला सशक्तिकरण, तथा समाजमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक समन्वय र सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरुसँगै सहभागी संस्थाका प्रतिनिधिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै आगामी दिनमा समाजमा घटेका घटनाहरुलाई न्यूनीकरण गर्ने तथा समाजलाई सुरक्षित, सशक्त र संवेदनशील बनाउने पहलका लागि प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका क्रममा सहभागीहरुले विपद व्यवस्थापनमा समुदायको भूमिका, महिला हिंसा रोकथामका उपायहरु, युवाहरुमा सचेतना फैलाउन आवश्यक कार्यक्रमको आयोजना, र अन्य विविध पहलहरुमा प्रहरीको सहकार्य कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरे ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले समाजमा स्थायित्व र शान्ति कायम गर्न प्रहरीको प्रतिबद्धता दोहो¥याउँदै गैरसरकारी संस्थाहरुको सहकार्यमा अझ बढी प्रभावकारी काम गर्ने योजना प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया