सप्तरी प्रहरीद्धारा जर्सी,मोटरसाइकल र चिनी नियन्त्रणमा

...

राजविराज,कार्तिक २७ गते ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा राजबिराज नगरपालिका वडा नं. १२ झलही नहर सडक खण्डमा सोमबार भारतबाट अवैध रूपमा भन्सार छली गरी समान ल्याइ राखेको अवस्थामा तीन व्यक्ति प्रहरी टोलीलाई देखी बोराहरु त्यहाँ छाडी फरार भएका थिए। प्रहरीले वेवारिसे अवस्थामा रहेका उक्त बोराहरुको चेकजाँच गर्दा, सो बोराभित्र १ लाख ६६ हजार ५ सय रुपैया बराबरको ३३३ पिस जर्सी फेला पारेको थियो। उक्त जर्सीहरुलाई प्रहरी टोलीले नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइएको छ।

मोटरसाईकल र चिनी-बिस्कुट नियन्त्रणमा 
गत बुधबार अपराह्न २ः३० बजेको समयमा, प्रहरी टोलीले राजबिराज नगरपालिका वडा नं। ६ राम मन्दिर चौक नजिक गस्ती गर्दा भारतबाट अवैध रूपमा भन्सार छली गरी मोटरसाईकलमा समान लोड गरी ल्याउँदै गरेको अवस्थामा, मोटरसाईकल चालकले प्रहरी टोलीलाई देखी मोटरसाईकल त्यहाँ छाडी फरार भएको थियो। उक्त मोटरसाईकल चेक गर्दा, सोमा लोड गरिएका बोरामा चिनी, बटर बेक बिस्कुट फेला परेका थिए। उक्त समानको मूल्य १ लाख १ हजार ९ सय १० रुपैया रहेको अनुमान गरिएको छ। प्रहरी टोलीले मोटरसाईकल र समानलाई नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको छ। यस प्रकारको समाचारले सुरक्षा स्थिति र प्रशासनिक कदमहरूको जानकारी जनतालाई दिने उद्देश्यले सूचित गरिएको छ।

प्रतिक्रिया