कञ्चनरुपमा समुदाय–प्रहरी साझेदारी अभियान: शान्ति र सुरक्षामा जनसहभागिता अभिवृद्धिको प्रयास

...

कञ्चनपुर, कार्त्तिक २९ गते ।

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–४ कबिलासास्थित इलाका प्रहरी कार्यालय कंचनपुरले समुदाय–प्रहरी साझेदारी अभियानको शुभारम्भ गरेको छ। ‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि’ भन्ने उद्देश्यसहित सुरु गरिएको यस अभियानमा स्थानीय तह, समुदाय, सामाजिक संस्था, र विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको छ।

नेपाल प्रहरीले यो अभियानमार्फत समाजमा शान्ति र सुरक्षा कायम गर्दै जनसहभागिता बढाउने लक्ष्य राखेको छ। स्थानीय समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ बलियो बनाउन र विश्वासको वातावरण सिर्जना गर्न इलाका प्रहरी कार्यालय कंचनपुरले विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले बताए ।

यस अभियानले प्रहरी र स्थानीय समुदायबीच विश्वास र सहकार्यलाई थप प्रगाढ बनाउने लक्ष्य लिएको आयोजकले जानकारी दिएका छन्। सार्वजनिक कार्यक्रम र सचेतनामूलक क्रियाकलापको माध्यमबाट शान्ति र सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको यस अभियानप्रति सहभागीहरूको व्यापक समर्थन र उत्साह रहेको पनि आयोजकले बताएका छन् ।

प्रतिक्रिया