सप्तरीको तिरहुतमा बस दुर्घटना: टायर पड्किँदा ८ जना गम्भीर घाइते

...

कञ्चनपुर, कार्त्तिक ३० गते ।
सप्तरीको तिरहुत गाउँपालिका १ मा बसको टायर पड्किएर अनियन्त्रित हुँदा ८ जना यात्रु गम्भीर घाइते भएका छन्। घटना धनपुरीस्थित एनआईसी एशिया बैंक नजिक, विराटनगरबाट सिरहा जाँदै गरेको ना.पा.ख ९८०५ नम्बरको बसको टायर पड्किँदा भएको हो।

प्रहरीका अनुसार घाइतेमध्ये मोरङ, विराटनगर महानगरपालिका-१ निवासी ३० वर्षीया प्रियांका कुमारी साह, सप्तरी सुरुंगा नगरपालिका-५ का ६५ वर्षीय शुखल प्रसाद साह, सिरहा अर्नामा नगरपालिका-१ की ४५ वर्षीया जहिदा खातुन, सप्तरी कञ्चनरुप नगरपालिका-८ का ७० वर्षीय योग नारायण साह, र उहाँकी श्रीमती ६७ वर्षीया एकाबरी देवी साह, सिरहा गोलबजार नगरपालिका-८ का ७० वर्षीय पल्टु साह र उहाँकी श्रीमती ६५ वर्षीया जगतारा देवी साह, साथै सिरहा लहान नगरपालिका-४ की ३० वर्षीया दोरपती रहेका छन्।

घाइतेहरूको कञ्चनरुप नगरपालिका-१२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ। केही गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

यस घटनाले पूर्व-पश्चिम राजमार्गमा सवारी साधनको सुरक्षाका लागि ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया