राजविराज, मंसिर ४ गते ।
सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको गाजा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार पत्रकार सम्मेलन गर्दै गाजासहित पक्राउबारे जानकारी दिएको हो। प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार सोमबार राति राजगढ गाउँपालिका–४ बेल्हीचपेनास्थित शनि मन्दिर नजिक चेकजाँचका क्रममा ५६ बोरामा लुकाइएको १ हजार ७१७ किलो गाजा बरामद गरिएको हो।
गाजा टिपरको ढुंगा र बालुवाले छोपेर लुकाइएको थियो। पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को१.ख.६५०३ नम्बरको टिपरमा गाजा लुकाइएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले बरामद गरेको हो।
प्रहरीले गाजासहित धनकुटा शहीदभूमि गाउँपालिकाका ३३ वर्षीय टिपर चालक यमजित राईलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
सूचना अनुसार नेपालको पहाडी क्षेत्रमा उत्पादन भएको गाजा तराईको बाटो हुँदै भारत तस्करी हुने गरेको छ। मधेशका सीमावर्ती जिल्लाबाट राति विभिन्न माध्यमबाट गाजा तस्करी हुने प्रचलन छ। एक वर्षअघि मात्र कल्याणपुर सडकखण्डमा ८ सय किलो गाजा बरामद भएको थियो।
विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक डम्बर विश्वकर्माको नेतृत्वमा खटिएको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले सोमबार राति उक्त गाँजा बरामद गरेको सप्तरी प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
राजगढ गाउँपालिका– ४ बेल्हिचपेना शनि मन्दिरस्थित भित्री सडकखण्डबाट गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ख ६५०३ नम्बरको टिपरलाई चेकजाँच गर्दा गाँजा बरामद भएको हो । टिपरचालक धनकुटा सहिदभूमि गाउँपालिका– ३ का यमजित राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।
प्रतिक्रिया