बाढी प्रभावितको राहतमा राजनीति :कञ्चनरुपले ९ दिनमा पनि सूचना दिएन

...

कञ्चनपुर, मंसिर ५ गते ।

कञ्चनरुप नगरपालिकाले ९ दिन बितिसक्दा पनि बाढीपहिरो प्रभावितसम्बन्धी सूचना उपलब्ध नगराएको विषयमा आलोचना 
सप्तरीको कञ्चनरुप नगरपालिकाले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत र सहयोगका विषयमा जानकारी दिन ९ दिन बितिसक्दा पनि कुनै आधिकारिक सूचना उपलब्ध नगराएको घटना प्रशासनिक लापरबाही र जवाफदेहीताको स्पष्ट संकेत बनेको छ ।
अबलोकित दैनिकको टिमले नगरपालिकासँग राहत वितरणका विवरण तथा अन्य जानकारी माग गर्दै कार्तिक २६ गते सूचना अधिकृतलाई लिखित निवेदन पेश गरेको थियो । सो निवेदनलाई प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले तोक लगाई चलानी गरे पनि अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन ।
नगरपालिकाको काममा ढिलासुस्ती र समन्वयको अभावले गर्दा प्रभावित समुदायले राहत तथा पुनर्स्थापनाका लागि गरेको प्रयासमा निराशा पैदा भएको छ । नगरपालिकाको एक कर्मचारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत बिदामा छन्, तर उनी कहिले फिर्ता हुन्छन् भन्ने जानकारी कसैलाई छैन ।
बाढीपहिरोको समयमा राहत र पुनर्स्थापनाका काममा यस्ता लापरवाहीले स्थानीय सरकारको उत्तरदायित्वप्रति प्रश्न उठ्न थालेको छ । यो घटनाले प्रभावित समुदायलाई समयमै सहयोग पु¥याउने लक्ष्यमा अवरोध खडा गरेको छ ।
जनप्रतिनिधि र प्रशासनले सूचना व्यवस्थापन र प्रभावितहरूप्रति उत्तरदायित्वको महत्त्वलाई गम्भीरताका साथ लिनु आवश्यक छ । स्थानीय सरकारप्रति विश्वास कायम राख्न र जनताको समस्यालाई प्राथमिकतामा राख्न यथाशीघ्र कदम चाल्नुपर्ने देखिन्छ ।
 

प्रतिक्रिया