कञ्चनपुर, मंसिर ८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१२, रुपनगरस्थित तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्रको आयोजनामा आइतबार निःशुल्क आँखा शिविर संचालन भएको छ । यस शिविरमा करिब ३५१ जनाकोे आँखा परीक्षण गर्ने छ । त्यस्तै सप्तकोसी नगरपालिकाका ५६ जना मोतिबिन्दुका बिरामीलाई अप्रेशनका लागि छनोट गरिएको छ ।
कञ्चनरुप नगरपालिकाबाट २५१ जना सहभागी भएका यस शिविरले आँखा स्वास्थ्य सेवामा पहुँच पु¥याउँदै स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
छनोट गरिएका मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था तिलगंगा कञ्चनरुप सर्जिकल सामुदायिक आँखा अस्पतालमा गरिएको छ । शल्यक्रिया कार्य डा. श्याम ब्यश, डा. बिक्रम श्रेष्ठ र डा. कौशल पोखरेलको टोलीले सम्पन्न गर्नेछ । टोलीको नेतृत्व नविना कुमारी घिमिरेले गरिरहेकी छन् ।
अस्पतालका अध्यक्ष अमर श्रेष्ठका अनुसार, यस्ता शिविरहरूले स्थानीय स्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मद्दत गर्दै जनस्वास्थ्य सुधारमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यो शिविरले मोतिबिन्दु तथा अन्य आँखा समस्या भएका बिरामीहरूलाई उपचारमा सहज पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय स्तरमा यस्ता गतिविधि निरन्तर आयोजना गर्नुपर्ने आवश्यकतामा आयोजकहरूले जोड दिएका छन् ।
प्रतिक्रिया