कञ्चनरुपमा आदिवासी जनजाति महासंघ अधिवेशनको भव्य तयारी

  • मंसिर १0, २0७६
  • 0
...

कञ्चनपुर, मंसिर ६ गते । नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कन्चनरुपको अधिवेशनको तयारी पुरा भएको छ ।           

नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कन्चरुपको अधिवेशन आयोजक समितीका संयोजक दक्ष नारायण श्रेष्ठले विहिवार एक प्रेस विज्ञाप्ती जारी गरी मंसिर ८ गते हुने नगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाएको    हो । श्रेष्ठद्धारा जारी विज्ञाप्ती अनुसार शंकर माध्यमीक विधालय रुपनगरमा उद्घाटन सत्र आयोजना गरिने र विभिन्न जातजातीको पहिचान झल्कने झाँकी सहित नगरपरिक्रमा समेत गरिने जनाएको छ । अधिवेशनका लागी प्रतिनिधि, प्रर्वेक्षक विभिन्न सदस्य संगठनवाट दर्ता गरिसकेको तथा मंच सहितका आश्यक तयारी पुर्ण भई सकेको समेत अधिवेशन आयोजक समितीका संयोजक श्रेष्ठद्धारा जारी  गरेको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।                                                                          
 

प्रतिक्रिया