सप्तरीमा चन्द्र नहरको पुल निर्माण कार्य तिव्रगतिमा अघि बढ्दै

...

कञ्चनपुर, मंसिर १३ गते ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनपुरमा चन्द्र नहरको नयाँ पुल निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको छ । पुरानो पुल जीर्ण भएपछि त्यसलाई भत्काएर आधुनिक प्रविधिमा आधारित नयाँ पुल निर्माण गर्न थालिएको हो ।
पुल निर्माणको जिम्मा एक चिनियाँ निर्माण कम्पनीले लिएको छ । कम्पनीले निर्माण कार्यलाई तीव्रता दिँदै निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ ।
स्थानीयवासीका अनुसार चन्द्र नहरको यो पुल क्षेत्रका हजारौं बासिन्दाको मुख्य यातायातको माध्यम हो । पुरानो पुल कमजोर हुँदा स्थानीयहरू आवागमनमा कठिनाइ भोगिरहेका थिए । नयाँ पुल निर्माणपछि यस क्षेत्रको यातायात सुविधा सुधार हुने विश्वास गरिएको छ ।
यस पुलले कृषि क्षेत्रलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ, किनभने चन्द्र नहर आसपासका धेरै किसानहरूले आफ्नो उत्पादन बजारसम्म पु¥याउन यही मार्गको प्रयोग गर्दै आएका छन् । निर्माण कार्य पूरा भएपछि क्षेत्रीय विकासमा योगदान पुग्ने स्थानीयहरूको आशा छ ।
निर्माण कार्यको प्रगति र गुणस्तर सुनिश्चित गर्न स्थानीय सरकार र सरोकारवालाहरूले नियमित अनुगमन गरिरहेका छन् । निर्माण सम्पन्न भएपछि यसले कंचनपुर र आसपासका क्षेत्रका जनताको दैनिकीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया