कञ्चनपुर, मंसिर १५ गते ।
चाइना फाउन्डेसन फोर रुरल डेभलपमेन्टको सहयोग अर्न्तगत स्माइलिंग चाइल्ड परियोजनाको सहयोग र न्यू लाइट फाउन्डेसनको आयोजनामा शनिबार हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १३ का बाढीपीडित १०५ परिवारलाई राहत वितरण गरिएको छ।
राहत वितरण कार्यक्रममा समाजसेवी सुमित साह, हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व नगरप्रमुख सैलेश साह, समाज कल्याण परिषदका सचिव मनोज भट्ट, निर्देशक संजय मल्लिक, योजना शाखाका राजेन्द्र उप्रेती, वडा नम्बर १३ का वडाअध्यक्ष कुशेश्वर यादव, कञ्चनरुप नगरपालिका वडा नम्बर ११ का पूर्व वडाअध्यक्ष मोहम्मद जिब्रिल, र पत्रकार भोला पासवानको उपस्थिति रहेको थियो।
राहत सामग्रीमा २५ किलोग्राम चामल, २ किलोग्राम दाल, २ लिटर तेल, झुल, ब्ल्याङ्केट, कुकर, म्याटलगायतका सामग्रीहरू रहेका थिए। राहतको कुल मूल्य ११ हजार ५७५ रुपैयाँ बराबरको थियो। राहत सामग्री ल्याउन र वितरण कार्य सफल बनाउन समाजसेवी सुमित साहको विशेष भूमिका रहेको थियो।
प्रतिक्रिया