नगरपालिकाद्धारा करको दरमा संसोधन

  • मंसिर १0, २0७६
  • 0
...

कञ्चनपुर,मंसिर १९ गते । कञ्चनरुप नगरपालिकाले गरिबलाई मार पर्ने गरि करको दर बढाएको समाचार अवलोकित दैनिकले प्रकाशित गरेपछि उक्त करको दर संसोधन गरिएको छ ।            गत भाद्र २८ गते अवलोकित दैनिकमा ‘गरिबलाई मार्का पार्दै कञ्चनरुप नगरपपालिका ’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।        

नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६मा ठेला,रिक्सा र ई(रिक्सा सवारी दर्ता र सञ्चालन ईजाजत दस्तुरमा ७ गुणा बढी कर बढाएको थियो ।  गएको अर्थिक वर्षमा ई–रिक्साको बार्षिक सवारी कर तीन सय    रहेकोमा गएको साउन १ गते देखी त्यसलाई बढाएर दुई हजार पु¥याइएको छ । ठेलागाडा र रिक्साकोे वार्षिक कर दुई सय ५ बाट पाँच गुना बढाएर एक हजार बनाइएको    थियो ।            

नगरपालिका क्षेत्रमा ठेला,रिक्सा टाँगा दर्ता गरी नम्बर दिएबापत लिने शुल्क पहिले एक सय ५ रहेकोमा त्यसलाई बढाएर दोब्बर बृद्धि गरेर दुई सय ५ र विद्युतिय रिक्सा दर्ता गरी नम्बर दिए बापत ५ सय रकम कायम गरिएको थियो  ।                

पत्रिकामा समाचार प्रकाशित भएपछि नगरकार्यपालिकाको बैठकले असोज २० गतेदेखी लागु हुने करको संसोधित गरेको थियो ।            

रिक्सा ठेला दर्ता वापत वार्षिक रु दुई सय पाँच लइरहकोमा त्यसलाई संसोधन गरेर सय रुपैया लिने,विद्युतीय रिक्साको दुई हजार लिदै आएकोमा पाँच सय लिने,अटो टेम्पोको दुई हजार लिदै आएकोमा एक हजार लिने गरी करको दर संसोधन गरेको थियो ।
 

प्रतिक्रिया